Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

झापा २ मा घिमिरे र राना: पहिले सहकर्मी अहिले प्रतिस्पर्धी

को कति सुरक्षित ?

खबरडबली संवाददाता

बनियानी । झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो ।

एकातर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को तीन दलीय लोकतान्त्रिक बाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको छ भने अर्कोतर्फ नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनले चुनावी गतिविधिलाई अझ सशक्त बनाइरहेको छ ।

राजनीतिक पृष्ठभूमिका दुई वटा गठबन्धन दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार र पार्टी छाडेर बागी बनेका उम्मेदवार पनि चुनावी मैदानमा छन् । सँगै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि पहिलो पटक झापा २ मा आफ्नो उम्मेदवार खडा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि अबको पालो युवाको भन्दै जनताको मत बटुल्न घरदैलोमा छ । यी पार्टीसँगै अन्य दलका उम्मेदवार पनि आफ्नो चुनावी दौडमा व्यस्त छन् ।

विशेषतः यो क्षेत्रमा प्रत्यक्षतर्फ तीन दलीय लोकतान्त्रिक बाम गठबन्धन र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि दुवै उम्मेदवारलाई जीत निकाल्न त्यति सहज देखिँदैन । दुवै उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । 

अन्य दलको प्रत्यक्षमा जीत निकाल्ने अवस्था देखिँदैन । तथापि, समानुपातिक मत बटुल्न र आफ्नो उपस्थिति जनाउन चुनावी मैदानमा छन् । हाल मूलधारको राजनीतिमा रहेका दलहरूप्रति जनताको वितृष्णा बढेको भन्दै आफ्नो दल र उम्मेदवारले जनमत पाउने अन्य दलको ठहर छ ।

अर्जुनधारा नगरपालिका पूर्वनगरप्रमुख हरिकुमार राना लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार छन भने एमाले–राप्रपाबाट एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे छन। राना एमाले परित्याग गरेर माओवादी केन्द्रको उम्मेदवार बनेको हो । एमाले त्याग्नुअघि राना र एमालेका उम्मदेवार घिमिरे सहकर्मी थिए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुद्रप्रसाद गिरी, नेमकिपाबाट महेन्द्र खायमली, स्वतन्त्रमा अधिवक्ता भद्रप्रसाद नेपाल र कांग्रेसबाट बागी कुमार भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

विकास र जनतासँग जोडिएका मौलिकतामा आधारित अवधारणासहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको उम्मेदवार राना बताउछन । जनताको हरेक समस्यासँग आफू जानकार भएको र स्थानीयवासीको सुख दुःखमा हातेमालो गरेकाले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने रानाको दाबी छ ।

“अर्जुनधारा नगरपालिकाको नगरप्रमुखको जिम्मेवारी पूरा गरिरहँदा मैले विकास र जनतासँग जोडिएका कुरा जाने–बुझेको छु”, उनले भने, “लामो समय स्थानीय तहमा बसेकाले स्थानीय समृद्धिको आधार मैले बुझेको छु, स्थानीय आवश्यकता र समस्या मलाई थाहा छ, जनताले मलाई रोज्नुहुन्छ ।”

झापा क्षेत्र नं २ मा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले आफ्नो प्राथमिकताको विषय फोहोर व्यवस्थापन भएको उनको भनाइ छ । “प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेर आमनागरिकको जीवन परिवर्तन गर्ने मेरो एजेण्डा र सङ्कल्प हो”, उनले भने, “यहाँको जल, जङ्गल र जमिनलाई कसरी उपयोग गर्नुपर्छ भन्ने मलाई राम्ररी थाहा छ ।”

यता, एमाले–राप्रपाका उम्मेदवार घिमिरेले पदमा नबसे पनि लामो समयदेखि पार्टीमा आबद्ध भएर झापा २ का विकास निर्माण, सुशासनलगायतका क्षेत्रमा काम गर्दै आएको बताए । “समृद्ध मुलुक बनाउन नीति निर्माणका पक्षमा काम गर्न प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएको हुँ”, उनले भने, “अव्यवस्थित कुरालाई व्यवस्थित बनाउने कुरामा आवश्यक नीति निर्माणका लागि नै मेरो उम्मेदवारी हो ।” केन्द्रीय घोषणापत्र र स्थानीय आवश्यकताका आधारमा आफूले काम गर्ने उनको भनाइ छ ।

कांग्रेसबाट बागी उम्मेदवार बन्नुभएका भट्टराई जनताले पार्टीभन्दा पनि व्यक्ति हेर्न थालेको बताए । “यहाँ दलका कुराभन्दा पनि व्यक्तिको कुरा महत्वपूर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “मैले सबैको सुख, दुःखमा भूमिका खेलेको छु, मतदाताले मत दिएर जिताउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।”

पद र शक्तिको दुरुपयोग नगर्ने, भ्रष्टाचार नगर्ने, स्वास्थ्य, शिक्षा, रोजगारलगायतका क्षेत्रलाई समेटेर १६ बुँदे प्रतिबद्धतासमेत उम्मेदवार भट्टराईले जनाएका छन् ।

झापा २ मा अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १, २ र ३, बिर्तामोड नगरपालिकाको १ देखि ९ नम्बर वडा र कनकाई नगरपालिकाको ७ र ८ नम्बर गरी २५ वटा वडा छन् ।

यो क्षेत्रमा ६६ हजार ६५७ पुरुष, ६७ हजार ४२९ महिला र पाँच जना अन्य गरी एक लाख ३४ हजार ९१ जना मतदाता रहेका छन् । उन्पचास मतदान स्थल र १२५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा २५ वटा वडामध्ये १३ वटा वडा एमाले, ११ वटा वडा कांग्रेस र एउटा वडामा राप्रपाले जितेको छ । यो क्षेत्रमा कांग्रेस, माओवादी र समाजवादी वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७८३ मत पाएका थिए भने एमालेका वडाध्यक्षका उम्मेदवारले ३६ हजार १५८ मत पाएका थिए । राप्रपाका वडाध्यक्ष उम्मेदवारले आठ हजार ३८ मत प्राप्त गरेका थिए ।

विसं २०७४ मा झापा २ प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनले जितेको थियो । बामगठबन्धनका तर्फबाट एमालेकी पवित्रा निरौला खरेलले ४५ हजार ८१७ मत पाउनुभएको थियो भने कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE