Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

गुल्मी-१ मा भण्डारी र ज्ञवाली पुरानै प्रतिस्पर्धी, कसलाई पर्ला पल्लाभारी ?

खबरडबली संवाददाता

गुल्मी । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता रहेका  जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिए । 

क्षेत्र नं १ प्रदेशसभा (क) मा ५७ हजार पाँच सय ७९ र प्रदेशसभा (ख) मा ६१ हजार सात सय नौ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तीनमा नेपाली कांग्रेस, दुईमा  नेकपा (माओवादी केन्द्र) र दुईमा एमाले विजयी भएको थियो । 

रेसुङ्गाको प्रमुख र उपप्रमुख, गुल्मी दरबारको अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकीको अध्यक्ष र चन्द्रकोटको उपाध्यक्ष कांग्रेसले जितेको थियो । छत्रकोटको अध्यक्ष र उपाध्यक्ष, सत्यवतीको अध्यक्ष र उपाध्यक्ष तथा रुरुक्षेत्रको उपाध्यक्षमा एमाले विजयी भएको थियो । रुरु क्षेत्रको अध्यक्ष, चन्द्रकोटको अध्यक्ष र कालीगण्डकीको उपाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो । 

यहाँ ५० वडा छन् । तेइस वडाध्यक्षमा एमाले, २२ मा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयी भएको थियो । राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक एकवटामा विजयी भएका थिए । सत्ता गठबन्धनका २७ रनेकपा एमालेका २३ छन् ।

यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतको आधारमा कांग्रेससहितको गठबन्धनको ३८ हजार सात सय ६२ मत छ । एमालेसहितको गठबन्धनको ३५ हजार आठ सय ८५ छ । जसमा एमालेभन्दा कांग्रेस गठबन्धन दुई हजार आठ सय ७७मतले अगाडि छ । 

यहाँ मुख्य कांग्रेसका डा चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ । वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेसका भण्डारीलाई निकै सहज छ । ठूलो दल कांग्रेसबाट भण्डारी उम्मेदवार रहेकाले माओवादी, एकीकृत समाजवादी र जनमोर्चाले भण्डारीकै पक्षमा मत खसाल्न सहज छ तर एमालेले जित निकाल्नका लागि सत्तारुढ गठबन्धनको मत तान्न सक्नुपर्छ । जुन सम्भव नहुन पनि सक्छ । 

अघिल्लो पटकको सङ्घीय निर्वाचनमा माओवादीको साथ पाएर सहज जित निकालेका ज्ञवालीलाई अहिले माओवादी–कांग्रेससँगै रहेकाले अझ बढी चुनौती छ ।

यस क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेससहित सत्तारुढ गठबन्धनको १८ हजार दुई सय ९५ मत छ । एमाले र राप्रपा गठबन्धनको १६ हजार पाँच सय ५४ छ । एमालेसहितको गठबन्धनभन्दा कांग्रेससहितको सत्तारुढ गठबन्धन एक हजार सात सय ४१ मतले अगाडि छ । यहाँ मुख्य गरी माओेवादीका सुदर्शन बलाल र एमाले चिन्तामणि पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । 

यसमा कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु क्षेत्रका २, ५ र छ वडा पर्दछन् । यहाँ २६ वडा छन् । एमालेबाट १२ निर्वाचित वडाध्यक्ष छन् । कांग्रेसबाट निर्वाचित नौ छन् । माओवादीबाट तीन वडाध्यक्ष छन् । जनमोर्चाबाट एकर स्वतन्त्र एक छन् । यहाँ एक स्वतन्त्र वडाध्यक्ष कांग्रेसमै रहेकाले सत्तारुढ गठबन्धनका १४ र एमालेका १२ वडाध्यक्ष छन् । 

यहाँ माओवादी केन्द्रका बलाललाई सहज जित निकाल्न वडाध्यक्षले पाएको मत कायम राख्नुपर्ने चुनौती छ । कांग्रेसको पूर्ण साथसमेत आवश्यक छ । एमालेका पाण्डेलाई जित निकाल्न चुनौती छ । आफ्नो जितका लागि दलको मत सुरक्षित गर्दै गठबन्धनको मत पनि तान्न आवश्यक छ । जुन उहाँका लागि चुनौती बन्न सक्छ ।

यस क्षेत्रको प्रदेशसभा (२) मा कांग्रेससहित सत्तारुढ गठबन्धनको २० हजार चार सय ६७ मत छ । एमाले र राप्रपा गठबन्धनको १९ हजार तीन सय ३१ छ । जसमा एमालेभन्दा कांग्रेससहितको गठबन्धन एक हजार एक सय ३६ मतले अगाडि छ । 

यहाँ मुख्य गरी सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका धनेन्द्र कार्की र एमालेका फर्सुराम पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । यसमा गुल्मीदरबार, छत्रकोट, रुरु क्षेत्रका १, ३ र ४ र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका आठ वडा पर्दछन् । यहाँ २४ वडा छन् । जसमध्ये कांग्रेसबाट निर्वाचित १३ वडाध्यक्ष छन् । एमालेबाट ११ छन् । यसरी हेर्दा यहाँ कांग्रससहितको गठबन्धनका १३ र एमालेसहितको गठबन्धनका ११ वडाध्यक्ष छन् । 

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेसका कार्कीलाई जित निकाल्न सहज छ । उनलाई उक्त मत जोगाउन आवश्यक छ । प्रतिस्पर्धी पाण्डेले जितका लागि वडाध्यक्षमा पाएको मत सुरक्षित राखेर सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ । जुन सम्भव नहुन पनि सक्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: