वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताएको छन् ।
आज बिहान स्याङ्जाको गल्याङमा भएको घरदैलो तथा कोणसभामा सम्बोधन गर्दै उनले भ्रष्ट प्रवृत्ति अन्त्य नहुँदासम्म सुशासन स्थापना गर्न नसकिने भएकाले यसको अन्त्य नै आफ्नो मुख्य एजेण्डा रहेको उल्लेख गरेको हो ।
वाम–लोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता गुरुङले देशमा मौलाएको भ्रष्टाचार तथा भ्रष्टाचारजन्य प्रवृत्तिलाई खोजीखोजी निर्मूल गर्नु आजको आवश्यकता हो भने ।
“देशको विकास हुन नसक्नु र देश अधोगतितर्फ धकेलिनुको पछाडि भ्रष्टाचार जोडिएको छ”, उनले जोड दिए, “जबसम्म भ्रष्ट प्रवृत्तिलाई अन्त्य गर्न सक्दैनौँ तबसम्म देशको विकास सम्भव छैन, तसर्थः देशमा भएका भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएका ठूलासाना सबैलाई कानुनको कठघरामा उभ्याउनै पर्छ ।”
जोखिमयुक्त अवस्थामा रहेका स्याङ्जाका ग्रामीण सडक स्तरोन्नति, जिल्लाको लाइफलाइनका रुपमा रहेको सिद्धार्थ राजमार्गलाई ‘डेडिकेटेड टु लेन’ को सडक बनाउने, जिल्लामा प्रविधियुक्त र दक्ष उपकरणहरुसहित सुविधासम्पन्न अस्पताल निर्माण, स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा स्थानीय शिक्षाको विकास, नीतिगत तथा कानूनी समस्या संशोधनका लागि आवाज, भौतिक पूर्वाधारको विकासमा जोड, पर्यटकीय सम्भावनाका क्षेत्रको पहिचानसँगै त्यसलाई आर्थिक आम्दानीका रुपमा विकास गर्ने, उद्यमशीलताका क्षेत्रलाई प्राथमिकता दिने र युवालाई स्वदेशमै रोजगार बनाउने अन्य एजेण्डा रहेका छन् ।
क्षेत्र नं २ मा कांग्रेस केन्द्रीय उपसभापति गुरुङ र नेकपा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याललगायत अन्य दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले नेत्री अर्यालले कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरी मन्त्री बनेको थिए । स्याङ्जा क्षेत्र नं २ मा दुई पार्टीका केन्द्रीयस्तरका दुई नेताहरुबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवारका कारण दुवैको मत काटिनसक्ने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १०:३९
बाजुरा। बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युन...
फाल्गुन २६ गते, २०८२ - १०:२७
तानसेन। पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको...
फाल्गुन २६ गते, २०८२ - १०:१०
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रक...
फाल्गुन २५ गते, २०८२ - १७:४४
काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...
फाल्गुन २५ गते, २०८२ - १७:२३
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...
फाल्गुन २५ गते, २०८२ - १६:५५
गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...
फाल्गुन २५ गते, २०८२ - १६:४३
काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...
फाल्गुन २५ गते, २०८२ - १६:३३
काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...
फाल्गुन २५ गते, २०८२ - १६:१२
काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...
फाल्गुन २५ गते, २०८२ - १५:२६
विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...



प्रतिकृया लेख्नुहोस्: