महोत्तरी । महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका–११ छोडके गाउँका मतदाता गाउँमा बाटो बनाउने उम्मेदवारलाई भोट दिने बताउँछन् । जिल्लाकै दुर्गम उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल तीन पटक विजयी भए । उनी पटक पटक मन्त्री समेत भए ।
छोडके गाउँमा अहिलेसम्म सडक पनि बनेको छैन । उनीहरु आधारभूत सेबाबाट समेत वञ्चित हुँदै आएका छन् । उक्त गाउँमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्तीलगायत सुविधाको अभाव छ । स्थानीय मतदाता डम्बर लामा निर्वाचनमा विजयी उम्मेदवारले यहाँको विकासमा ध्यान दिन नसकेगुनासो गर्छन् ।
बर्दिबासको खयरमारादेखि डाँडापारी रहेको यस क्षेत्रमा बको र्दिबासबाट बसमा डेढ एक घण्टा तथा पैदल पाँच घण्टामा पुगिन्छ । यहाँका मतदातालाई बिहानबेलुका छाक टार्न धौधौ छ । “मिठो खाने र राम्रो लगाउने त सपना मात्रै हो”, स्थानीय सोमबहादुर स्याङतान भन्छन् ।
बाँके नदीको शिरमा रहेको यस बस्तीमा पुग्न खोलैखोला तर्नुपर्ने बाध्यता छ । वैकल्पिक मार्गसमेत छैनन् । यहाँका नागरिक शिक्षा, स्वास्थ्य र रोजगारीका लागि अन्य जानु पर्छ । यहाँ तीन सय परिवारका आठ सय ६४ मतदाता छन् । प्रत्येक निर्वाचनमा सडक, स्वास्थ्यचौकी, अस्पताल, खानेपानीलगायत का सुविधा उपल्बध गराउँने आश्वासन दिन्छन् । तर चुनाव जितेपछि भने उम्मेदवार बस्तीमा नआएको यहाँका मतदाताको गुनासो छ ।
बस्तीमा कोही बिरामी परे पैदल पाँच घण्टा खोलाको बाटो हुँदै स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता वर्षौँदेखि यथावत् छ । यो क्षेत्रबाट विगत १५ वर्षदेखि पोखरेल चुनाव जित्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: