Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

गिरिराजमणि पोखरेलको क्षेत्रका मतदाता भन्छन् : बाटो बनाउनेलाई भोट

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका–११ छोडके गाउँका मतदाता गाउँमा बाटो बनाउने उम्मेदवारलाई भोट दिने बताउँछन् । जिल्लाकै दुर्गम उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल तीन पटक विजयी भए । उनी पटक पटक मन्त्री समेत भए । 

छोडके गाउँमा अहिलेसम्म सडक पनि बनेको छैन । उनीहरु आधारभूत सेबाबाट समेत वञ्चित हुँदै आएका छन् । उक्त गाउँमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्तीलगायत सुविधाको अभाव छ । स्थानीय मतदाता डम्बर लामा निर्वाचनमा विजयी उम्मेदवारले यहाँको विकासमा ध्यान दिन नसकेगुनासो गर्छन् । 

बर्दिबासको खयरमारादेखि डाँडापारी रहेको यस क्षेत्रमा बको र्दिबासबाट बसमा डेढ एक घण्टा तथा पैदल पाँच घण्टामा पुगिन्छ । यहाँका मतदातालाई बिहानबेलुका छाक टार्न धौधौ छ । “मिठो खाने र राम्रो लगाउने त सपना मात्रै हो”, स्थानीय सोमबहादुर स्याङतान भन्छन् ।  

बाँके नदीको शिरमा रहेको यस बस्तीमा पुग्न खोलैखोला तर्नुपर्ने बाध्यता छ । वैकल्पिक मार्गसमेत छैनन् । यहाँका नागरिक शिक्षा, स्वास्थ्य र रोजगारीका लागि अन्य जानु पर्छ । यहाँ तीन सय परिवारका आठ सय ६४ मतदाता छन् । प्रत्येक निर्वाचनमा सडक, स्वास्थ्यचौकी, अस्पताल, खानेपानीलगायत का सुविधा उपल्बध गराउँने आश्वासन दिन्छन् । तर चुनाव जितेपछि भने उम्मेदवार बस्तीमा नआएको यहाँका मतदाताको गुनासो छ । 

बस्तीमा कोही बिरामी परे पैदल पाँच घण्टा खोलाको बाटो हुँदै स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता वर्षौँदेखि यथावत् छ । यो क्षेत्रबाट विगत १५ वर्षदेखि पोखरेल चुनाव जित्दै आएका छन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

इनिसा विक हत्याकाण्ड: थप अनुसन्धान गर्न सीआईबीको टोली सुर्खेतमा

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुध...

कञ्चनपुरमा फेरि अर्काे नाबालिकाको बलात्कार: दुई जना पक्राउ

महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर...

सभापति थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौँ। नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदि...

४० दिनको जिम्मेवारी पूरा गरी निर्वाचन प्रहरी बिदाइ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरेका छन् । निर्वाचन सुरक्षामा ४० दिनसम्म पर...

स्कार्पिओको ठक्करबाट एकको मृत्यु, एक घाइते

इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार, कोशी गा...

इनिसा बिक हत्याको निष्पक्ष छानबिन गर्न प्रचण्डको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याक...

धनुषा–१ मा मातृका यादव विजयी भएको घोषणा

काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ निर्वाचन क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र प...

एनएक्सटी २०२६ ग्लोबल समिटमा वक्ताका रूपमा रेनु दाहाललाई निमन्त्रणा

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ । ...

निर्वाचन परिणामपछि ओलीद्वारा हार स्वीकार, जनताको निर्णयलाई सम्मान गर्ने प्रतिबद्धता

काठमाडौँ। हालै सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै केपी शर्मा ओली ले आफ्नो पार्टीले अपेक्षाअनुसार सिट हासिल गर्न नसकेको स्वीकार गरेका...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE