Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

एमाले कार्यकर्ताद्वारा माओवादी कार्यकर्तामाथि रड प्रहार, अवस्था गम्भीर

खबरडबली संवाददाता

दार्चुला । एमाले नेता गणेश ठगुन्नाको चुनावी क्षेत्रमा माओवादी कार्यकर्तामाथि एमाले कार्यकर्ताहरुले आक्रमण गरेका छन्। चुनावी अभियानको क्रममा रहेका माओवादी केन्द्रका नेता जयभान सिंह धामीलाई नेकपा (एमाले) का कार्यकर्ताले रड प्रहार गरेका छन्।

दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताको सामूहिक आक्रमणबाट नेता जयभान सिंह धामी गम्भीर घाइते भएका हुन्। रड प्रहारबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका धामीलाई जिल्ला अस्पताल दार्चुलाले धनगढी रिफर गरेको छ। 

नेकपा ९माओवादी केन्द्र० दार्चुला–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयभान सिंह धामी निर्वाचन अभियानको क्रममा बिहानको खाना खाएर कार्यक्रममा निस्कने क्रममा रहेको बेला दार्चुलाको नौगाडमा ५० जनाको समुहमा आएका एमालेका नेता कार्यकर्ताले रडले साङ्घातिक प्रहार गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताए। 

रडले धामीको टाउकोमा गहिरो चोट लागेको र उनको अहिलेसम्म होस नखुलेको भट्टले बताए। स्वस्थ प्रतिस्पर्धाबाट एमाले डराएको हुँदा उम्मेदवार गणेश ठगुन्नाले धामीमाथि आक्रमण गर्न लगाएको नेता भट्टको भनाई छ।

रड प्रहारबाट बेहोस भएपछि आक्रमणकारीहरुले उनलाई बेहोस अवस्थामा छाडेर हिडेको एक स्थानीयले बताए। आक्रमणबाट गम्भीर घाइते बनेका धामीलाई देखेपछि स्थानीयले माओवादी केन्द्रको कार्यकर्तालाई खबर गरेका थिए। उनलाई दार्चुलामा सामान्य उपचारपछि अञ्चल अस्पताल धनगढी रिफर गरिएको छ। 

यसैबीच आफूहरुले हार्ने निश्चित भएपछि पराजित मानसिकताले अत्तालिएको एमालेले भाडाका गुण्डा र कार्यकर्ता प्रयोग गरी आक्रमण गरेको माओवादी केन्द्रले जनाएको छ।
त्यस्तै, वाम लोकतान्त्रिक गठबन्धन दार्चुलाले घटनाको भत्सना गर्दै दोषीमाथि कारबाही तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending