Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

बाह्रविसेमा सुबोधलाई अपार समर्थन

खबरडबली संवाददाता

बाह्रविसे । सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोधलाई बाह्रविसे नगरपालिकामा स्थानीय भव्य स्वागत र सत्कार गरेका छन् । 

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको गृह नगर बाह्रविसेमा सुबोधलाई आम नागरिकले फूल, माला, खादा लगाइदिए ।  

शुक्रबार नेता बस्नेतकै आग्रहमा उनको निवास पँलातीमा बास बसेका सुबोधले शनिबार विहानै कर्थलीबाट घरदैलो तथा मतदाता भेटघाट सुरु गरेका थिए । प्रदेश सभातर्फ सिन्धुपाल्चोक १ का उम्मेदवार मसिना खड्का भण्डारीसहित घरदैलोमा पुगेका उनलाई मतदाताले मालैमालाले गला भरिदिए । 

कर्थलीमा स्वतस्फूर्त बाजा सहित उपस्थित समूदायबाट शुभकामना र आशिर्वाद थापेर दुरुमथली पुगेका उनलाई त्यहाँ जम्मा भएका नेता कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरेर शुभकामना दिए । दोलंसा ठेनासामा ठूलो संख्यामा उपस्थित स्थानीयले सुबोध र मसिनालाई उसैगरि चौरीको चमर र बाजागाजा सहित स्वागत गरे । जितका लागि अग्रिम शुभकामना दिए । बुधेपा, सिम्ले र क्षमादेवीमा भएका कोणसभा र घरदैलोमा सुबोध जस्तो युवा उम्मेदवार पाउनु गर्वको विषय भन्दै जनताले फूल माला र खादा लगाइदिएर अभिनन्दन गरे । घोर्थलीमा मिन बहादुर तामाङले सुबोध र मसिनालाई सगुग खुवाए । सञ्चारकर्मीहरुको जिज्ञासामा उनले यसअघि आफूले सगुन खुवाएका नेताले कहिल्यै चुनाव नहारेको सुनाए ।  

मतदाताको अपार समर्थन र मायाँ पाएका सुबोधले हरेक भेटघाटामा पाँच बर्ष पाँच मिनेट पनि विश्राम नगरी साझा उम्मेदवार भएर काम गर्ने प्रतिवद्धता जनाए । सांसद भएको मान्छे कति धेरै गाउँमा लखर लखर हिँडेको भन्नेगरि गाउँ बस्तिमा आउने बाचा गरे । नीति निर्माण र तीनवटै सरकारको समन्वयमा विकासका काम गर्ने बताए ।  

आइतबार सिंगार्चे, गाती, मान्द्रा, सोताङ, डाँडाकटेरी र भिमेश्वर मन्दिरमा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयको मायाँ र समर्थन अझ बेजोड थियो । बाली नाली थन्क्याउने बेलामा समेत जनताको ठूलो उपस्थिति र सत्कार एवं सम्मानले सुबोधलाई बाह्रविसेले अनुमोदन गरेको देखिन्थ्यो । नेता मोहन बहादुर बस्नेतको विशेष निर्देशनमा उनलाई बाह्रविसेमा अन्य पालिकाको तुलनामा धेरै र विशेष स्वागत सत्कार गरिएको गठबन्धनका एक नेताले जानकारी दिए । मोहन दाइले हाम्रा साझा उम्मेदवार सुबोलाई सत्कारमा कमि नगर्नु भन्नुभएको छ, कांग्रेसका एक नेताले भने । हामी दुबै जितेपछि मोहन बस्नेत गृहमन्त्री  सुबोध क्षेत्र नं १ का साझा उम्मदेवार माधव सापकोटा सुबोधले मंसिर ४ को चुनाव पछि नेता मोहन बहादुर बस्नेत गृहमन्त्री बन्ने उद्घोस गरेका छन् । 

बस्नेतको गृहगाउँ ठूलो पँलातीस्थित क्षमादेवी मन्दिर परिसरमा आयोजित चुनावी सभालाई शनिबार साँझ सम्बोधन गर्दै सुबोधले आफू र मोहन बस्नेत दुबैले चुनाब जित्ने र बस्नेत गृहमन्त्री बन्ने बताए । झमक्क साँझ परिसक्स्दा समेत उपस्थित ठूलो संख्याका स्थानीयकाबिच सुबोधले क्षेत्र नं १ मा आफूले र २ मा बस्नेतले चुनाव जित्ने बताउँदै जित पछि बस्नेतले गृहमन्त्रालयको जिम्मेवारी पाउने चर्चा गरे । महत्वपूर्ण मन्त्रालय सहित बस्नेतले जिल्ला र देशकै विकास गर्ने क्षमता राख्ने उनको भनाइ थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending