Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन् : अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् । 

गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरे। 

“एउटा गठबन्धन केपी ओलीले नेतृत्व गर्नुभएको छ, जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ”, उनले भने, “अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ जसले संविधानको रक्षा गर्दै आएको छ, अबको चुनावमा जनताले संविधानको विरोधीलाई परास्त गर्नुपर्छ ।”

उहाँले बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान मुख्य रुपमा केन्द्रित भएको बताए । “राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजना छिटोभन्दा छिटो सम्पन गर्नुपर्छ भन्नेमा म प्रतिबद्ध छु”, उनले भने, “त्यसका लागि आवश्यक पहल गर्नेछु ।” उहाँले आफू कुनै निश्चित क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि यहाँ आएको बताए । “प्राविधिक कारणले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेको छु”, उनले भने, “तर म कुनै विशेष क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि गोरखा आएको हुँ ।”

वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले उत्तरी गोरखामा विकासको निर्माण अवस्था जहाँको तही रहेको बताए । उनले केही दलका उम्मेदवारले विकासको भ्रम फिजाएर हिँडेको भन्दै एमालेका उम्मेदवारले भाषणमा विकास गरे पनि वास्तविकतामा गोरखा क्षेत्र नम्बर १ को अवस्था उस्तै रहेको दाबी गरे ।

“म सडक बनाएर पुल बनाउँछु”, उनले भने, “सडक विनाको पुल बनाउँदिन ।” बजगाईंले अब निर्वाचन जितेर गएपछि अन्य कुनै प्रकारको अनैतिक काम नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending