काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चितवनमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन्।
हिजो कर्णालीका विभिन्न जिल्लामा चुनावी सभामा सहभागी भएका अध्यक्ष ओली आज चितवनमा चुनावी सभालाई सम्बोधन गर्न जान लागेका हुन्।
नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय अगाडि गेस्ट हाउस चौरमा बिहान ११ बजे चुनावी सभा सुरु हुनेछ।
एमालेले चितवनका प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ। चितवन क्षेत्र नम्बर ३ मा भने कांग्रेसका बागी उम्मेदवारलाई एमालेले समर्थन गरेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लमजुङ जाँदैछन्। लमजुङको राइनासमा हुने चुनावी सभालाई सम्बोधन गरी प्रचण्ड गोर्खाको पालुङटार हुदै तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्रमा पुग्ने सुर्य किरणले जानकारी दिए।
यसैबिच सत्तारुढ गठबन्धनले आज काठमाण्डौंको सांस्कृतिक एवं ऐतहासिक सहर साँखुमा संयुक्त चुनावी सभा आयोजना गरेको छ।
साँखु बजारमा अपराह्न २ बजे सुरु हुने सभालाई काँग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८१ - ०९:४०
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीह...
बैशाख २८ गते, २०८१ - ०९:३६
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य...
बैशाख २८ गते, २०८१ - ०८:४३
काठमाडौं । दक्षिण कोरियाले यसै वर्षदेखि नेपालबाट थप दुईवटा नयाँ क्षेत्रमा कामदार लैजाने भएको अधिकारीहरूले बताएका छन्। कोरियाले लामो समयदेखि नेपालबाट उ...
बैशाख २८ गते, २०८१ - ०८:३१
मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश...
बैशाख २८ गते, २०८१ - ०८:२७
दमौली । चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । ...
बैशाख २८ गते, २०८१ - ०८:२३
काठमाडौँ । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नु...
बैशाख २८ गते, २०८१ - ०७:१५
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पश्चिम सुर्खेतका तीन पालिका जोड्ने बड्डीचौर–खम्बगाडे सडक निर्माणको काम ढिलाइ हुनुको कारणब...
बैशाख २८ गते, २०८१ - ०७:११
रामेछाप । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ ग...
बैशाख २८ गते, २०८१ - ०७:०८
काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान वि...
बैशाख २८ गते, २०८१ - ०७:०१
काठमाडौं । संघीय संसद्अन्तर्गत बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपर...
प्रतिकृया लेख्नुहोस्: