Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गोरखामा जाँड खाएर बसेका आफ्नै कार्यकर्ताले आक्रमण गरेको खुलासा

खबरडबली संवाददाता

गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा चुनाव प्रचारमा हिडेका एमाले नेता कार्यकता माथि एमालेकै युवा संगठन युवा संघ नेपालका नेता कार्यकर्ताले कुटपिट गरेका छन् । पालुङटार नगरपालिका–७, च्याङ्ली स्थित म्याङगो रिसोर्टमा गएराती युवासंघ नेपाल भानु गाउँपालिकाका अध्यक्ष चिजबहादुर लामा समुहमा रहेका युवाहरुले चुनाव प्रचारमा हिडेको आफ्नौ पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरी काफ्लेका टाउकोमा बियरको बोतलले हानेर गम्भीर घाइते बनाएका हुन् ।

‘भानुका युवा संघका अध्यक्ष चिजबहादुर लामा सहित राम सापकोटा, अन्जन पन्त लगायतका युवाहरु दिउँसोदेखि नै रक्सी खाएर बसेका थिए, प्रहरी स्रोतले भन्यो, त्यहीँ खाना खान चुनाव प्रचारमा हिडेका काफ्ले सहितको टोली रिर्सोटमा पुगेको रहेछ, सोही क्रममा भनाभन हुदाँ लामाको समुहले एक्कासी काफ्ले माथि बियरको बोतलले हानेका रहेछन् । चुनाव प्रचार–प्रसारबाट फर्केका अब्दुस मियाँ, हरी काफ्ले बसन्त श्रेष्ठ सहित ४ जनाको टोली खाना खान रिर्सोटमा पुगेको थिए ।

घटनामा संलग्न राम सापकोटा र अन्जन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । उनिहरुलाई आज बिहान पक्राउ गरिएको हो । घाइते काफ्लेको तनहुँको डुम्रेमा रहेको स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । काफ्लेको टाउकोमा ७ टाँका लगाइएको छ । पिडित काफ्लको अनुसार आफुले खाना खाईरहेको बेला एक्कासी आक्रमण भएको भन्दै उनीहरुलाई आफुले नचिन्ने बताए ।

‘पाउरोटी भण्डारमा कार्यक्रम सकेर होटलमा खाना खाने क्रममा एक्कासी आक्रमण गरे’ उनले भने,‘उनीहरु को हुन म चिन्दिन ।’ काफ्लेले आफ्नो टाउकाको गम्भीर चोट भएका कारण थप उपचारका लागि काठमाण्डौ जान लागेको बताए ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies