Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

सिन्धुपाल्चोक १ : मतदाताको रोजाईमा युवा उम्मेदवार सुवोध

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । देशै भर युवा  र नयाँ  अनुहारको पक्षमा बहस भइरहँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उमेरले ४० वर्षका युवा उम्मेदवार माधव सापकोटा सुबोध घर दैलोमा पुगेर मतदाताको माया बटुलिरहेका छन।

दुई दशक यता जिल्लामा निरन्तर राजनीति र समाजसेवामा सक्रिय सुबोधलाई उम्मेदवारका रुपमा पाउदा सिन्धु १ का नागरिकले घर आँगनमा भव्य स्वागत गरेर विजयको शुभकामना दिए । 

जितेर गएपछि आफूहरुलाई नविर्सन आग्रह गरे । निर्वाचन क्षेत्रका गाउँ बस्तिहरुमा घरदैलो, मतदाता भेटघाट र कोणसभाहरुमा मतदाताको कुरा सुन्ने उनको बानी मन पराएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनका साझा  उम्मेदवार सुबोधले निर्वाचनमा केही मौलिक प्रयोग पनि गरेका  छन् । जय नेपाल र अभिवादनको संयुक्त सम्बोधन, विपक्षी दल र उम्मेदवारलाई गालि नगर्ने, आफ्ना प्रतिवद्धता राख्नु अघि आम नागरिकको कुरा सुन्ने, संघीय सांसदको भूमिकाबारे स्पष्ट गर्दै गर्न सकिने कामको चर्चा गर्ने,  स्पष्ट, सरल, छोटो र सिलसिलेवार भाषण गर्ने सुबोध कुशलताले सबैलाई आकर्षित गरेको छ ।    

जनयुद्धकालिन राजनीतिक पृष्भूमिबाट हुर्किएका, पार्टिको पोलिटव्युरो सदस्य सुबोध हेडक्वाटरसँग सिधा सम्पर्क भएका युवा नेता हुन् ।  निर्वाचन क्षेत्र पलाँतीमा नेता मोहन बस्नेतको घरमा बास बसेपछि सञ्चारकर्मीहरुसँगको भेटमा उनले नेता कार्यकर्तालाई व्यवस्थित परिचालन र  गठबन्धनलाई अझ कसिलो बनाउन लागिपरेको बताए । एक चरणको घरदैलो तथा मतदाता भेटघाट अन्तिम चरणमा पुग्दा आम नागरिकको मायाले आफू थप उत्सासिहत भएको उनको भनाइ छ ।

पहिलोपटक उम्मेद्वारी दिएर चुनावमा होमिएका सुबोधसङ्ग १५ वर्ष यता जिलाको निर्वाचन परिचालन र व्यवस्थापनको अनुभव छ। सभामुख अग्नि सापकोटाको २०६४, २०७० र २०७४ को चुनावमा परिचालन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका सुबोध जिलामा सबै उमेर  समूह, खासगरी युवामाझ लोकप्रिय छन।

नेता मोहन बस्नेतको अविभावकत्वमा समग्र सिन्धुपाल्चोकको विकास र समृद्धिको काम गर्ने उनको वचनवद्धता र चुनावी अभियानका क्रममा देखिएको उनको शालिनताले  सुबोधप्रति मतदाता आकर्षित छन् । पाँच बर्ष पाँच मिनेट पनि विश्राम नगरि साझा प्रतिनिधिका रुपमा सेवक भएर काम गर्ने उनको संकल्पले सबै उमेर समुहका मतदाता हर्षित छन् । 

स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतका आधारमा प्रतिश्पर्धी उम्मेदवार भन्दा गठबन्धका साझा उम्मेदवार दोब्बर मतान्तरले अघि छन् । सिन्धुपाल्चोकमा लोकतान्त्रिक वाम गठबन्धन उदाहरणीय र कसिलो देखिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending