Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

चुनाव खर्च उठाउन केबलकारको भाडा वृद्धि

खबरडबली संवाददाता

दोलखा । कालिञ्चोक केबलकारको भाडा बढाइएको छ । चुनावको मुखमा भाडा बढाइएपछि चुनाव खर्च उठाउन भाडा बढाइएको टिप्पणी हुन थालेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडले पर्यटकीय सिजन सुरु भएसँगै २० प्रतिशत भाडा बढाउँदा कालिञ्चोक आउने पर्यटकहरू मर्कामा पर्ने देखिएको छ । जसका कारण पर्यटकहरूमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । कालिञ्चोक दर्शन लिमिटेडले २० प्रतिशत भाडा बढाएर प्रतिव्यक्ति ६ सय पुर्‍याएको छ ।

प्रतिनिधिसभाका लागि दोलखाबाट नेकपा एमालेले बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाएको छ । शिवाकोटी कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्षसमेत हुन् । सोही कारण उम्मेदवारी दर्ता गराएपछि चुनाव खर्च उठाउन शिवाकोटीले केबलकारको भाडा बढाएको टिप्पणी हुने गरेको छ ।

४ वर्षअघि सञ्चालनमा आएको केबलकारमा ४ वटा गोण्डला छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता छ । केबलकारको भाडा यसअघि ५ सय रहेकोमा दसैँ अघिदेखि १०० रुपैयाँ बढेको हो ।

कुरीबाट कालिञ्चोकसम्म पुग्नका लागि केबलकारको लम्बाइ ९ सय मिटर छ । यसमा एकतर्फी यात्रा गर्न ४ मिनेट लाग्छ । कालिञ्चोक केबलकार मनकामना र चन्द्रागिरि हिल्सपछिको तेस्रो केबलकार हो । 

मनकामनामा ३ किलोमिटर लामो केबलकारको ७ सय र चन्द्रागिरि ४ किलोमिटरको भाडा ८ सय रुपैयाँ मात्रा जबकी ९ सय मिटर लामो कालिञ्चोक केबलकारको भाडा भने ६ सय पुर्‍याइएको छ ।

कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नुपर्छ । कतिपय धार्मिक पर्यटकहरू त्यही उकालो चढ्न नसकेकै कारण बीच बाटोबाटै फर्किन बाध्य हुने गरेका छन् । 

केबलकार निर्माणपछि कालिञ्चोक धार्मिक पर्यटकहरू बढेका छन् । तर, भाडा वृद्धिले कालिञ्चोकमा यात्रुहरूमा असर गरेको कालिञ्चो मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष सुकमान तामाङले बताए ।

२६ करोड रुपैयाँको लागतमा निर्माण गरिसक्ने लक्ष्य लिए पनि केबलकारको लागत ४० करोड रुपैयाँ पुगेको थियो । सञ्चालन खर्च धान्न नसक्ने भएकाले भाडा बढाउनु परेको कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । भाडा बढेपछि कतिपय यात्रु भने हिँडेरै मन्दिर जान थालेका छन् ।

केबलकार बनेको क्षेत्र कालिञ्चोक गाउँपालिका वडा नं. १ र ५ बीच सीमाको स्वामित्व विवाद छ । त्यसैगरी केबलकारले भोगचलन गरेको जग्गा समेत गुठी र वन कसको भन्ने समेत विवाद छ । केबलकार सञ्चालन शिवाकोटीले पहुँचका भरमा गुठी बनाएर कम्पनीले भने गुठीसँग सम्झौता गरेको छ ।

जग्गासम्बन्धी विवाद अख्तियारले छानबिन गरिरहेको छ । जग्गा विवादकै कारण केबलकार निर्माणका बेला पटक पटक स्थानीयसँग झडप भएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली न...

सदनको गतिरोध हटाउन सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। कांग्रेस नेताहरुसँगको छलफ...

युद्धविराम हमासको हातमा भएको बाइडेनको प्रतिक्रिया, हतियारको आपूर्ति बन्द गर्ने चेतावनी

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुने प्रतिक्रिया दिएका छन्। सियाट...

काठमाडौंका यी क्षेत्रमा आज र भोलि जान्छ दैनिक ५ घण्टा बिजुली

काठमाडौं । काठमाडौंको रोपवे, बलम्बु र कीर्तिपुर फिडरको विद्युत् लाइन आज र भोलि दुई दिन अवरुद्ध हुने भएको छ।  विद्युत् प्राधिकरणले एक सूचना जारी गरी...

मेलम्ची खानेपानीको ‘हेडवर्क्स’ तत्काल नसार्न संसदीय उपसमितिको सुझाव

सिन्धुपाल्चोक । संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको छ । आयोजन...

सदनका गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास, कां‌ग्रेसलाई छलफलमा बोलाए

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध हटाउन निरन्तर संवादमा छन्। गतिरोध अन्त्य गरेर सदन चलाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलका ला...

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा गएराति एक युवकको हत्या भएको छ।  मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्...

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि, लगत्तै पोलिटब्यूरो बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी आइतबार पनि बस्ने भएको छ। बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुने पार्टीका उपमहासचिव जगन्...

चार प्रदेशमा मेघगर्जन र हुरीबताससहित भारी वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागल...

हमासको सशस्त्र शाखाद्वारा गाजामा बन्धक बनाइएको भिडियो सार्वजनिक

गाजा क्षेत्र । हमासको सशस्त्र शाखा एजेदिन अल-कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies