काठमाडौं । विभिन्न पेशा, व्यवयासय गरेर अस्थायी रुपमा काठमाडौं उपत्यकामा बस्दै आएका सिन्धुपाल्चोक क्षेत्र नं १ का मतदाताले लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन जिल्ला फर्कने विश्वास दिलाएका छन् ।
सिन्धुपाल्चोकमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाई जिविकोपार्जन गरिरहेका मतदाताहरुले मंसिर ४ गते हुने चुनावमा आफूहरु जिल्ला फर्केर गठबन्धनका उम्मेदवारहरुलाई जिताउने विषयमा ढुक्क रहन आग्रह गरेका हुन ।
संघीय राजधानी काठमाडौंमा बस्दा गठबन्धनको आवश्यकता र औचित्यबारे अझ स्पष्ट बुझ्ने मौका मिलेको भन्दै बेलैमा जिल्ला फर्केर आफ्ना परिवार, छरछिमेक र इष्टमित्रलाई समेत यसबारे बताउने उनीहरुको प्रतिवद्धता थियो ।
मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर मंगलबार र बुधबार आयोजना गरिएका छुट्टा छुट्टै छलफल तथा अन्तरक्रियामा सहभागिहरुले आफूहरुलाई सम्झेकोमा उम्मेदवारहरुलाई धन्यवाद दिए ।
मंगलबार र बुधबार भक्तपुरका फरक फरक स्थानमा भएका कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध, क्षेत्र नं १ को १ का उम्मेदवार मसिना खड्का भण्डारी, क्षेत्र नं २ को २ का उम्मेदवार सरल सहयात्री पौडेल सहभागी थिए । दुबै कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका मतदाताले उम्मेदवारहरुलाई जितको चिन्ता नगरि निश्चिन्त भएर भावि योजना निर्माणमा लाग्न सुझाव दिए ।
उम्मेदवारहरुलाई हौसला प्रदान गर्दै जितको शुभकामना दिए । गठबन्धनले युवा र महिला उम्मेदवार बनाएकोमा मतदाताले खुसी व्यक्त गरेका थिए ।
सिन्धुपाल्चोक क्षेत्र नं १ अन्तर्गतका प्रदेश १ को मंगलबार भक्तपुरको राधेराधेमा र बुधबार क्षेत्र नं १ प्रदेश २ को गठ्ठाघरमा भएको छुट्टा–छुट्टै कार्यक्रममा ठूलो संख्यामा गठबन्धन आवद्ध र स्वतन्त्र मतदाताको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोधले पार्टी भन्दा राष्ट्र ठूलो भएकोले राष्ट्रिय हितको लागि गठबन्धन बनेको बताए । उनले यो गठबन्धन १०–१५ वर्षसम्म जाने सम्भावना रहेको जानकारी दिए । मसिना खड्का भण्डारी र सरल सहयात्री पौडेलले पनि मतदातालाई आफ्ना प्रतिवद्धता सुनाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: