Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

काठमाडौंवासी सिन्धुका मतदातले भनेः गठबन्धनका उम्मेदवार जिताउन जिल्ला आउँछौं

खबरडबली संवाददाता

काठमाडौं । विभिन्न पेशा, व्यवयासय गरेर अस्थायी रुपमा काठमाडौं उपत्यकामा बस्दै आएका सिन्धुपाल्चोक क्षेत्र नं १ का मतदाताले लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन जिल्ला फर्कने विश्वास दिलाएका छन् । 

सिन्धुपाल्चोकमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाई जिविकोपार्जन गरिरहेका मतदाताहरुले मंसिर ४ गते हुने चुनावमा आफूहरु जिल्ला फर्केर गठबन्धनका उम्मेदवारहरुलाई जिताउने विषयमा ढुक्क रहन आग्रह गरेका हुन ।

संघीय राजधानी काठमाडौंमा बस्दा गठबन्धनको आवश्यकता र औचित्यबारे अझ स्पष्ट बुझ्ने मौका मिलेको भन्दै बेलैमा जिल्ला फर्केर आफ्ना परिवार, छरछिमेक र इष्टमित्रलाई समेत यसबारे बताउने उनीहरुको प्रतिवद्धता थियो । 

मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर मंगलबार र बुधबार आयोजना गरिएका छुट्टा छुट्टै छलफल तथा अन्तरक्रियामा सहभागिहरुले आफूहरुलाई सम्झेकोमा उम्मेदवारहरुलाई धन्यवाद दिए ।

मंगलबार र बुधबार भक्तपुरका फरक फरक स्थानमा भएका कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध, क्षेत्र नं १ को १ का उम्मेदवार मसिना खड्का भण्डारी, क्षेत्र नं २ को २ का उम्मेदवार सरल सहयात्री पौडेल सहभागी थिए । दुबै कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका मतदाताले उम्मेदवारहरुलाई जितको चिन्ता नगरि निश्चिन्त भएर भावि योजना निर्माणमा लाग्न सुझाव दिए । 

उम्मेदवारहरुलाई हौसला प्रदान गर्दै जितको शुभकामना दिए । गठबन्धनले युवा र महिला उम्मेदवार बनाएकोमा मतदाताले खुसी व्यक्त गरेका थिए । 

सिन्धुपाल्चोक क्षेत्र नं १ अन्तर्गतका प्रदेश १ को मंगलबार भक्तपुरको राधेराधेमा र बुधबार क्षेत्र नं १ प्रदेश २ को गठ्ठाघरमा भएको छुट्टा–छुट्टै कार्यक्रममा ठूलो संख्यामा गठबन्धन आवद्ध र स्वतन्त्र मतदाताको उपस्थिती रहेको थियो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोधले पार्टी भन्दा राष्ट्र ठूलो भएकोले राष्ट्रिय हितको लागि गठबन्धन बनेको बताए । उनले यो गठबन्धन १०–१५ वर्षसम्म जाने सम्भावना रहेको जानकारी दिए । मसिना खड्का भण्डारी र सरल सहयात्री पौडेलले पनि मतदातालाई आफ्ना प्रतिवद्धता सुनाएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

इनिसा विक हत्याकाण्ड: थप अनुसन्धान गर्न सीआईबीको टोली सुर्खेतमा

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुध...

कञ्चनपुरमा फेरि अर्काे नाबालिकाको बलात्कार: दुई जना पक्राउ

महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर...

सभापति थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौँ। नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदि...

४० दिनको जिम्मेवारी पूरा गरी निर्वाचन प्रहरी बिदाइ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरेका छन् । निर्वाचन सुरक्षामा ४० दिनसम्म पर...

स्कार्पिओको ठक्करबाट एकको मृत्यु, एक घाइते

इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार, कोशी गा...

इनिसा बिक हत्याको निष्पक्ष छानबिन गर्न प्रचण्डको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याक...

धनुषा–१ मा मातृका यादव विजयी भएको घोषणा

काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ निर्वाचन क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र प...

एनएक्सटी २०२६ ग्लोबल समिटमा वक्ताका रूपमा रेनु दाहाललाई निमन्त्रणा

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE