Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

९३ वर्षका वृद्धः जो ओनसरीलाई भोट माग्दै हिंडेका छन्

भन्छन्, यो ठाउँको विकासका लागि तिमिले जित्नुपर्छ नानी

खबरडबली संवाददाता

काठमाडौ । पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीलाई ९३ वर्षीय वृद्धले जितको शुभकामना दिँदै माला लगाइदिएका छन् ।

काठमाण्डु–२ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार घर्तीलाई चुनावी घरदैलोका क्रममा शंकरापुर नगरपालिका–१ नाङ्लेभारे चापाबोटका ९३ वर्षीय देवदत्त दंगालले आशिर्वाद दिएका हुन् । ओनसरी गठबन्धनका तर्फबाट काठमाडौं–२ (ख) उम्मेदवार एकीकृत समाजवादीका नेता भरतप्रसाद फुयाँलसहित चुनावी घरदैलोका क्रममा काठमाण्डौंको विकट नाङ्लेभारे पुगेकी थिइन् । ओनसरी घरदैलोमा आएको सुनेपछि दंगाल आफैं फूलको माला बोकेर सडकमा उभिएका थिए ।

आफ्नो स्वागतमा वृद्ध उभिएको देखेपछि घर्तीले परेबाट गाडी साइड गर्न चालकलाई भनिन् । गाडीबाट ओर्लिएर नमस्कार गर्दै उनी दंगाल भएतिर गइन् । दंगाल दम्पत्तिले सयपत्री फूलको माला लगाएर घर्तीलाई जितको शुभकामना दिए  । ‘यो ठाउँको विकासका लागि तिमिले जित्नुपर्छ नानी, मलाई विश्वास छ तिमिले जित्छौ । छरछिमेक सबैतिर मैले तिमिलाई भोट दिनुपर्छ भनेको छु’, दंगालले भने । काठमाण्डौं भए पनि बत्ती मुनिको अँध्यारो सरह आफ्नो ठाउँ पछि परेकामा वृद्धले दुःखेसो पोखे । आफूहरुको पुस्ताले धेरै सास्ती खेप्नु परे पनि नाती÷पनाती पुस्तका लागि विकास गरिदिएको हेर्ने इच्छा रहेको दंगालले बताए । 

४६ वर्षीया ओनसरीले आफ्ना बाबुभन्दा पाका उमेरका वृद्धको स्वागत र आशिर्वादबाट खुसी हुँदै आफ्नो गलामा लगाएको माला दंगाललाई लगाइदिइन् र आशिर्वाद लागोस् भनिन् । उनले आफूले चुनाव जितेपछि काठमाण्डौं–२ को विकासबाहेक अरु कुरामा ध्यान नदिने भन्दै आश्वस्त पार्न खोजिन् । ‘विकासकै लागि यहाँ आएकी हुँ । हामीले यो क्षेत्रको विकासका लागि धेरै योजना बनाएका छौं, मौका पाएँ भने काम गरेर देखाउँछु ।’ छुट्ने बेलामा ओनसरीले वृद्धसँग तस्बिर चिखाउने इच्छा गरिन् । सामूहिक तस्बिर खिचाएपछि उनी हात हल्लाउँदै बिदा भइन् । ओनसरी गाडी चढ्नै लाग्दा वृद्धले भने, ‘जितेपछि फेरि आउनू है ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयरल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुदैछ । यस खेलमा नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्न...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । शुक्रबारविश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदे...

देउवाले मनोनित गरे पार्टीको सहकारी र जनजाति विभागका १०-१० सदस्य

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभाग र आदिवासी जनजाति विभागका सदस्य मनोनयन गरेका छन् ।  पार्टीका मुख्य सचिव ...

गृहमन्त्री लामिछाने बनाए प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेका छन् ।  गृहमन्त्री लाम...

वालिङमा मृतकका आफन्तले पाए क्षतिपूर्ति

स्याङ्जा । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै रु दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन् । विशेषगरी ...

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताएको छन् ।   आज यहाँ आयोजित ...

महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर–व्यवस्थापिका सङ्‍घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किए...

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एक तोलाको सुनको मुल्य एक लाख ३० हजार

काठमाडौं । बजारमा सुनको मूल्यले  तोलामा २ हजार एक सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ ...

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्रचार्यलाइ कारबाही गर्ने

हेटौंडा। हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीकालाई कारबाही गर्ने भएको छ । हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भए...

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies