Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

सरल सहयात्री पौडेल : नामजस्तै सरल

खबरडबली संवाददाता

काठमाडौं । सरल सहयात्री पौडेल सिन्धुपाल्चोक क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन्। नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशका अध्यक्षसमेत रहेका पौडेल वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन्।

को हुन् सरल सहयात्री पौडेल ?

गन्तव्य कठीन तर यात्री सरल। परिवर्तनका सम्वाहकहरुसँगको सहयात्रा । मुलुकको मुहार फेर्ने लक्ष्य। अनि त्यही लक्ष्य हासिल गर्न हिडेका धेरै सहयात्रीहरुसँगको सहकार्य। सहयात्री र परिवारसँगको सहकार्यले दिएको संस्कार। 

अनि त सुरु भयो १० वर्षे अबोध बालकको क्रान्तिकारी यात्रा। सरल सहयात्री पौडेलको जीवनयात्राका उतार चढावहरु यहीँबाट प्रारम्भ हुन्छन्। जिन्दगीका भोगाइहरु अभिव्यक्त हुन थाल्छन् । सपना समाज परिवर्तनको । माध्यम बाल संगठन । 

आफ्नै दाइले त्यो बेलाको मानसपटलमा छोडिदिएको अमिट छाप नै जनयुद्धको एउटा होनहार सिपाही बन्ने प्रेरणा बन्यो। लडाकु शिविरमा ब्रिगेडस्तरीय विधान निर्माणको नेतृत्व र पार्टीभित्रको संस्थागत विकासका लागि गरेको अन्तरसंघर्ष नै पार्टीको प्रदेश नेतृत्वमा पुग्ने आधार बन्यो । 

लक्ष्यको शिखरमा पुग्ने सहिदहरुको सपनालाई मूर्त रुप दिने निरन्तरको प्रयास नै सगरमाथा आरोहणको एउटा मार्गचित्र बन्यो। सगरमाथाको शिखरमा जनमुक्ति सेनाको झण्डा फहराउनु विजयको बिम्व त थियो नै, सँगसँगै सहिदहरुको सपनालाई शिखरमा पु¥याएको सन्देश पनि। 

अनि जनयुद्ध बेलाको भोगाइ र अनुभवको कलात्मक अभिव्यक्ति नै साहित्यकारको पहिचान बन्यो ।

२०३८ असोज २१ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका सरल सहयात्रीका जिन्दगीका महत्वपूर्ण दिनहरु राज्य संयन्त्र सशस्त्र संघर्ष नगरी परिवर्तन हुँदैन भन्ने स्कुलिङबाट सुरु हुन्छन्। 

१८ वर्षको उमेरमै विद्यार्थी राजनीतिबाट सशस्त्र युद्धमा होमिएका सरल सहयात्री जनमुक्ति सेनाको सदस्य हुँदै ब्रिगेड कमाण्डर अनि पार्टीको सच्चा सिपाही हुँदै नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्ष बन्न सफल एक युवा हुन्। 

४१ वर्षको उमेरमै पार्टीको प्रदेशको नेतृत्व गर्न तयार र सफल सरल सहयात्री बोली र व्यवहारले नामजस्तै सरल र सहज छन्। तर उनको जीवन भोगाइ भने सरल छैन। तर कहिल्यै हार खाएनन्। 

जनयुद्धका बेला ४ दर्जन भिडन्तमा सहभागी भए। कतै हारे कतै हराए। तर आफ्नो मनलाई कहिल्यै हराएनन्। लडाइँका बेला शरीरमा गोली लाग्यो। घाइते भए। जीवन पनि जित र हारको संगम हो भनेर जिन्दगीको यात्रालाई युद्धसँग तुलना गरे। त्यो बेला उनले मृत्युलाई जिते र आज आफ्नै आँखा अगाडि लडेका सहयात्रीहरुको सपनालाई बोकेर हिडेका छन् सबैको सहयात्री बनेर। 

त्यो सपनालाई बिम्बका रुपमा सगरमाथाको शिखरमा पु¥याए। अब व्यवहारमै प्रदेश हुँदै केन्द्रीय तहमा पु¥याउने योजनामा छन्। जीवन भोगाइ र अनुभवकेन्द्रित उनको साहित्य कलात्मक अभिव्यक्ति र भावनाहरुको संगालो हो । 

जहाँ उनका सपना लक्ष्य मात्र होइन मुलुकको विकास र समृद्धिको उत्कट चाहना पढ्न सकिन्छ। जिन्दगीको गोरेटोमा हिड्दा हिड्दै उनका सपनाहरु पनि नटुटेका होइनन् । परिवारमै दाइ र बहिनी सहिद भए। भाउजू घाइते भइन्। आफैले स्ट्रेचरको सहयोग लिनुपर्ने भयो। तर सरल एउटा सपना टुटेर चकनाचुर भए पनि अर्को सपना देख्ने हौसला राख्छन्।  

२०७० सालमा संविधान सभा निर्वाचनमा पराजित भएका सरल सहयात्रीका लागि त्यो नयाँ सिकाइ र अनुभव थियो। तर उनको अगाडिको यात्रा फराकिलो छ। असफलता भनेकै सफलता भेटिने राजमार्ग हो भन्ने उनलाई थाहा छ। 

उनका आँखामा सफलताका सपनाहरु पढ्न सकिन्छन्। उनका अगाडि अपार सम्भावनाहरु छन्। युवा जोश जाँगर सोच अनि स्पष्ट दृष्टिकोण छ। महत्वपूर्ण सार्थक र मूल्यवान लक्ष्यको क्रमिक प्राप्तिका लागि सरलका पाइलाहरु बागमती प्रदेश अध्यक्षका रुपमा निरन्तर अघि बढिरहेका छन्। 

पार्टी सञ्चालन लोकतान्त्रिक विधिबाट हुनुपर्छ भन्ने मान्यता राख्ने सरलले प्रदेश कमिटी सञ्चालनका लागि पनि कार्यविधि तयार पारेका छन्। पार्टी जीवनलाई जीवन्त राख्न चाहने सरल प्रदेशको विकासका लागि ५ वर्षको योजना बनाएर अघि बढ्न चाहन्छन्। 

कृषि र रोजगारीलाई शिक्षासँग जोड्ने उनको योजना छ। उनी परम्परागत पेशामा आधारित सीपलाई बजारीकरण गर्न चाहन्छन् भने श्रम बैंकको स्थापना उनको नयाँ सोच हो। पूर्वाधार निर्माण र पर्वतीय पर्यटनको विकासमार्फत् प्रदेशको समृद्धि उनको सपना हो।

नामजस्तै सरल सहयात्रीले धेरैसँग सहयात्रा गरिरहेका छन्। राजनीतिको मैदानदेखि सगरमाथाको चुचुरोसम्म। अनि संघर्ष गरिरहेका छन् पार्टी भित्रैदेखि आफ्नै भावनाहरुसँग। पार्टीभित्रको अन्तरसंघर्षले उनलाई अझ बलियो र पाको नेता बनायो। 

भावनाहरुसँगको संघर्षले एउटा ऊर्जाशील साहित्यकार बनायो। अनि समिता कार्कीसँगको जिन्दगीको सहकार्यले राजनीति र परिवारलाई जोड्ने मौका दियो। 

सरललाई थाहा छ मूल्यवान् र सार्थक वस्तु संघर्षबिना मिल्दैनन्। त्यसैले उनी संघर्षशील छन्। राजनीतिमा युवाको खोजी भइरहेका बेला ४१ वर्षीय सरल सहयात्रीको राजनीतिक यात्रा जति उज्ज्वल छ, त्यति भरोसा गर्नलायक पनि। मात्र खाँचो छ सरल सहयात्रीको जनतासँग सहज सहयात्रा।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending