हुम्ला । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा चारवटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोहीअनुसार मतदान अधिकृतका लागि नाम दिएका योग्यता पुगेका सबैलाई मतदान अधिकृत बनाइएको जनाइएको हो ।
जिल्लामा रहेका सिमकोट गाउँपालिका–५ मा रहेको भीमसेन आधारभूत विद्यालयमा सुधा सापकोटा, ६ मा रहेको कालाशिल्ता आधारभूत विद्यालयमा राजन चन्द, खार्पुनाथ गाउँपालिका–३ मा रहेको हुम्ला मावि रायामा पार्वती रोकाया र सर्केगाड गाउँपालिका–३ मा रहेको देवकोटा आधारभूत विद्यालयमा सरिता बोहरा गरी चार महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको निर्वाचन कार्यालय हुम्लाका निमित्त अधिकारी श्यामबहादुर रानाले बताउनुभयो ।
त्यस्तै आठ महिलालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलालाई जिल्लामा यसपटकको चुनावमा प्राथमिकतामा राखेर निर्वाचनमा खटाइएको हो । गत वैशाखमा भएको स्थानीय चुनावमा भन्दा यसपटकको निर्वाचनमा महिला कर्मचारी बढी खटाइएको छ ।
स्थानीय चुनावमा जिल्लामा ४४ महिलामात्र खटिएका थिए । यसपटकको चुनावमा ७६ महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको हो । जिल्लाका प्रत्येक मतदान केन्द्रमा एक वा दुई जना महिला खटाइएको छ । यहाँ निर्वाचनका लागि साढे चार सय कर्मचारी खटिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...
आश्विन २७ गते, २०८१ - ०८:५०
काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...
प्रतिकृया लेख्नुहोस्: