Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

सुनसरीमा निर्वाचन तयारी पूरा

खबरडबली संवाददाता

सुनसरी । आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा निर्वाचलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी र चार हजार सात सय २८ जना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

जिल्लामा नेपाल प्रहरी एक हजार पाँच सय ८१, सशस्त्र प्रहरी सात सय ३९, नेपाली सेना चार सय ४०, म्यादी प्रहरी दुई हजार चार सय ९५  र राष्ट्रिय अनुसन्धान विभागबाट १९ जना गरी जम्मा पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ यादवले बताए । सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलमा सुरक्षाकर्मी खटाइएको उहाँले बताए । 

निर्वाचन सम्पन्न गर्न जिल्लामा चार हजार सात सय २८ जना कर्मचारी विभिन्न मतदानस्थलमा खटाइएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसपटक गत स्थानीय तहको निर्वाचनमा भन्दा मतदाता सङ्ख्या बढेकाले एक सय ६६ मतदानस्थल र १० वटा मतदान केन्द्र थपिएर पाँच सय ९१ पुगेको उनले बताए ।

प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी जम्मा आठ जनाका दरले कर्मचारी खटाइएको प्रजिअ यादवले बताए ।

यसपटक सुनसरीमा दुई वटा अस्थायी मतदान स्थलको व्यवस्था गरिएको छ । कैदीबन्दीहरूका लागि झुम्का कारागार र जिल्ला अदालत सुनसरीमा अस्थायी मतदान स्थल राखिएको निर्वाचन कार्यालय सुनसरीका प्रमुख अर्जुन अधिकारीले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयोः रवी लामिछाने

गोर्खा मिडियामा आएको पैसा चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि !

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव (पूर्णपाठसहित)

रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस

सहकारीबारे समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...

आइसिसी विश्वकप लिग–२: नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।  क्यानडाको किङ्ग सिटीम...

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बै...

नक्कली ऋणीहरूको बिगबिगीले सहकारी समस्यामा : सभापति थापा

काठमाडौं। सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताभएको छन् ।  प्रतिनिधि ...

नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy