Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

मोरङमा सात हजार सुरक्षाकर्मी परिचालन हुने

खबरडबली संवाददाता

काठमाडौं । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभाको  निर्वाचनलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले जिल्लाभरिका मतदान केन्द्रहरूको सुरक्षा अवस्थाका बारेमा स्थलगत निरीक्षण एवं अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने, नेपाली सेनाका प्रमुख अमृत थापा मगरसहितको टोलीले निरीक्षण एवं अवलोकन गरेको हो ।

टोलीले मोरङको उत्तरी सिमाना लेटाङ नगरपालिका, वराङ्गी बीचका मतदान केन्द्र, बेलबारी मतदान केन्द्र र मतगणनास्थलसहित विराटनगर महानगरपालिकाको सरौचियास्थितका शिक्षा सदन मावि, रानी क्षेत्रका मतदान केन्द्रहरूको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

प्रजिअ दाहालले मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरू अत्यन्त उत्साहका साथ काम गरिरहेको बताए । उनले जिल्ला शान्तिसुरक्षाको अवस्था सुदृढ एवं बलियो रहेको भन्दै मोरङको अति संवेदनशील ५० र संवेदनशील एक सय १४ सहित आठ सय ३९ मतदान केन्द्र रहेकामा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएको बताए ।

प्रजिअ दाहालले निर्वाचनका निम्ति सहज वातावरण सिर्जना भएकामा सबैलाई धन्यवाद दिए । प्रजिअ दाहालले मतदान केन्द्रको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना रहने भएकाले मतदातालाई निर्भिकताका साथ मतदान गर्न आग्रह गरेका छन् ।

मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जिल्लामा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी गरी सात हजार सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए ।

निर्वाचन सम्पत्र भएपछि मतगणना निम्ति निर्वाचन क्षेत्र नं १ का लागि उर्लाबारी नगरपालिका, निर्वाचन क्षेत्र नं २ का विश्वनाथ मन्दिर, निर्वाचन क्षेत्र नं ३ का लागि बेलबारी भगवती मावि तथा निर्वाचन क्षेत्र नं ४, ५ र ६ का लागि विराटनगर महानगरपालिका अन्तर्गत आदर्श उच्च माविमा तय भएको सहायक प्रजिअ शरदकुमार पोखरेलले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयोः रवी लामिछाने

गोर्खा मिडियामा आएको पैसा चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि !

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव (पूर्णपाठसहित)

रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस

सहकारीबारे समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...

आइसिसी विश्वकप लिग–२: नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।  क्यानडाको किङ्ग सिटीम...

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बै...

नक्कली ऋणीहरूको बिगबिगीले सहकारी समस्यामा : सभापति थापा

काठमाडौं। सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताभएको छन् ।  प्रतिनिधि ...

नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy