Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

मनाङको नार्पाभूमिबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याउने तयारी

खबरडबली संवाददाता

मनाङ  । हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ । यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो । 

हालसम्म सडक पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए । “चार हजार दुई सय मिटर उचाइमा रहेको मतदान केन्द्रबाट मतपेटिका ल्याउँदा हिउँमा समस्या हुनसक्छ भनेर हेलिकप्टरको व्यवस्थापन गरिएको हो”, उनले भने । 

“जिल्लाका अन्य मतदान केन्द्रबाट आइतबार नै मतपेटिका आइपुगेको छ । नार्पाभूमि विकट र चिसोका कारण मतपेटिका ल्याउन समस्या भएकाले हेलिकप्टरमार्फत ल्याउने व्यवस्था भएको छ”, उनले भने, “मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारीमा छौँ ।” 

जिल्लामा कूल ७१ दशमलव ४६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला कारागार मनाङको अस्थायी मतदान केन्द्रबाट दुई कैदीबन्दीसहित राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी गरी ९८ जनाले मतदान गरेका थिए । राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीका पाँच महिलाले अस्थायी मतदान केन्द्रमार्फत मतदान गरेका हुन् ।  

मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको शर्माले बताउनुभयो । प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक, प्रदेशसभा प्रत्यक्ष र समानुपातिक मतगणनाका लागि स्थल तयार भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । प्रदेश ‘१’मा दुई हजार छ सय २४ र प्रदेश ‘२’मा चार हजार एक सय ५५ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending