Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै

खबरडबली संवाददाता

ताप्लेजुङ । दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन । जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईपु¥याउन बाँकी छ ।

उत्तरी हिमाली क्षेत्रमा पर्ने फक्क्ताङलुङ गाउँपालिकास्थित याङ्मा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतदान केन्द्रको मतपेटिका आइपुग्न बाँकी रहेको र आइसकेपछि मात्र गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो । यसअघि यी चारवटै केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी भएको थियो । तर अन्तिम समयमा हेलिकप्टर नआउने भएपछि मतपेटिका बोकेर ल्याउनुपर्ने हुँदा समय लाग्ने देखिएको योङ्याको भनाइ छ । अन्य सबै केन्द्रका मतपेटिका सदरमुकाम फुङ्ु्लिङमा ल्याइसकिएको छ ।
 
दुर्गम मानिने याङ्मास्थित मतदान केन्द्र सदरमुकामदेखि सबैभन्दा टाढाको केन्द्र हो । झण्डै चार हजार दुई सय मिटरको उचाइमापर्ने याङ्मा पुग्न कम्तीमा तीन देखि चार दिनसम्म लाग्ने गरेको छ । 

यसअघि सो केन्द्रमा मतदान गराउन गएको कर्मचारी सहितको टोली चार दिनमा मात्र पुगेको थियो । यहाँ जम्मा ६१ मतदाता रहेकोमा आइतबार भएको निर्वाचनमा १२ मत खसेको छ । ताप्लेजुङमा ५४।६८ प्रतिशत मतदान भएको प्रारम्भिक नतिजा छ । यहाँ कूल ८८ हजार दुई सय ८५ मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन् । यहाँ दुई वटा  अस्थायीसहित एक सय २५ वटा मतदान केन्द्र थिए । सङ्घ र प्रदेशमा गरी जिल्लामा २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित ...

कुपोषण हटाउन सबैको हातेमालो आवश्यक : मुख्यमन्त्री शाह

कैलाली.। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरुको हातेमालो अवश्यक रहेको बताएको छन् । वर्...

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

काठमाडौँ । मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । अब लेबनानको राजधानी...

वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्ताबेज होः परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै...

भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका  उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । ...

१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएका छन् । ...

रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै

काठमाडौँ। रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्ने भएको छिन् ।  गण्डकीले आफ्नो तेस्रो विदेशी ख...

कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एकजना पक्राउ

नवलपुर । नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोक...

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी। अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

बागमती प्रदेश सरकारद्वारा पलेशालाई दश लाखसहित सम्मान

हेटौँडा । बागमती प्रदेश सरकारले पेरिस २०२४ पारा ओलम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । संविधान दिवस तथा राष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy