हेटौँडा । बागमती प्रदेश सरकारले पेरिस २०२४ पारा ओलम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले कांस्य पदक विजेता तेक्वान्दोकी पलेशालाई दस लाख रुपियाँसहित प्रमाण पत्रबाट सम्मान गरेको हो ।
कार्यक्रममा नेपाली पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई दुई लाख तथा नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेश समितिका अध्यक्ष केशव पुरीलाई एक लाख रुपियाँसहित सम्मान गरिएको छ ।
यस्तै कार्यक्रममा १९ औँ एसियाली खेलकुदमा कराँतेतर्फ नेपाललाई रजत पदक दिलाउने एरिका गुरुङलाई पाँच लाख रुपियाँसहित मुख्यमन्त्री लामाले सम्मान गरेको थिए। कराँतेका पदक विजेता खेलाडी एरिका चीनमा जारी प्रतियोगितामा सहभागिताका लागि जानुभएकोले उक्त पुरस्कार उनका आमा रत्ना गुरुङलाई प्रदान गरिएको थियो ।
साथै कराँते प्रशिक्षक कुशल श्रेष्ठ र नेपाल कराँते महासङ्घ बागमती प्रदेशका अध्यक्ष गगन लामालाई एक–एक लाख रुपियाँसहित प्रमाणपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ र निवास गोविन्द वैद्यलाई पनि सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८२ - १६:५०
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि तोकिएको म्याद ५ दिन थप्ने तयारी गरेको छ। आयोगले यसअघि कात्तिक मसान्तसम्म दर्ता गर्न सकिने व्...
कार्तिक २९ गते, २०८२ - १६:३५
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको छन्। राजदूत फेनसहितको प्रतिनिधि मण...
कार्तिक २९ गते, २०८२ - १६:२४
काठमाडौँ। निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरु प्...
कार्तिक २९ गते, २०८२ - १६:१४
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योज...
कार्तिक २९ गते, २०८२ - १६:०१
पर्सा। वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन् । कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका...
कार्तिक २९ गते, २०८२ - १५:३९
दर्तामा बेलाबेला प्राविधिक समस्या र ढिलासुस्ती
कार्तिक २९ गते, २०८२ - १५:२९
नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बिहार राज्यको महत्वपूर्ण चुनावमा प...
कार्तिक २९ गते, २०८२ - १५:१७
काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँको ...
कार्तिक २९ गते, २०८२ - १५:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारलाई नयाँ राजनीतिक यात्राका लागि शु...
कार्तिक २९ गते, २०८२ - १४:५७
काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले आफ्ना सम्पत्ति विवरण बुझाएका छन्। अझै तीन मन्त्री...




प्रतिकृया लेख्नुहोस्: