Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

उलटफेर चुनावी परिणामले नेतृत्व पछि हट्न तयार भए वाम सहकार्य होला ?

घनश्याम भुसालको विश्लेषण: ‘नसच्चिए पाँच वर्षभित्र व्यवस्थामै धक्का’

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निम्ति मतदान सम्पन्न भइसकेपछि धेरैको ध्यान अब केन्द्र र प्रदेशहरूमा कसको र कस्तो सरकार बन्ने गरी परिणाम आउला भन्नेतर्फ मोडिएको छ।

पार्टीले उम्मेदवार नबनाएपछि नेकपा एमाले त्यागेर रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल अब नेताहरूको परीक्षा सुरु हुने बताउँछन्।

भुसाललाई वर्तमान सत्ता गठबन्धनले समर्थन गरेको छ।

“अब यिनीहरूले अनन्तसम्म सरकारलाई अस्थिरतातर्फ लैजान्छन् वा गठबन्धनबाट पनि स्थिरता दिन्छन् भन्ने कुराको ठूलो परीक्षामा छन् दल र तिनका नेताहरू,” उनले भने।

त्यसलाई राम्ररी सम्बोधन गर्न नसकेमा ‘इतिहास देखिनै थुप्रिँदै आएका सङ्कटहरूले यो व्यवस्था माथिनै सङ्कट उत्पन्न गर्ने’ भुसालको आकलन छ।

कांग्रेस - कम्युनिस्ट झगडा २० वर्ष बन्द ?

त्यो टार्न चुनाव वा आन्दोलनका निम्ति मात्र गठबन्धनलाई सीमित गर्न नहुने उनको सुझाव छ।

उनी भन्छन्, “मुलुक बनाउनका लागि, आर्थिक समृद्धिका लागि र संविधान अनुसार समाजवादतर्फको भविष्य सुनिश्चित गर्नका लागि अब विस्तृत कार्यक्रमका आधारमा अघि बढ्नुपर्छ।”

वर्तमान सत्ता गठबन्धनमा कांग्रेसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी र तीन वटा कम्युनिस्ट पार्टी छन्।

कतिपयले यसलाई अस्वाभाविक मान्छन्।

तर भुसाल ती दलको वैचारिक आधार केलाउँदा अबको १० देखि २० वर्षसम्म कांग्रेस र कम्युनिस्टबीच ठूलो राजनीतिक झगडा गर्नुपर्ने अवस्था नरहेको ठान्छन्।

‘कांग्रेसका एजेन्डा पनि वामपन्थी’

कांग्रेसको औपचारिक रूपमा उठाउने मुद्दाले त्यो सम्भव तुल्याएको विश्लेषण छ उनको, “उसले समाजवादको कुरा गर्छ, शिक्षा र स्वास्थ्यमा राज्यको ग्यारेन्टीको कुरा गर्छ। कृषिमा जोड दिने कुरा गर्छ, गरिब र श्रमिकहरूको संरक्षण, सुरक्षा र रोजगारीको कुरा गर्छ। यस अर्थमा उसले बोकेका एजेन्डाहरू पनि वामपन्थी नै हुन् भन्ने मलाई लाग्छ।”

कांग्रेस र वामपन्थी दलहरू मिलेर जारी गरिएको संविधानको प्रस्तावनामा विभिन्न सङ्कल्पका साथ ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने’ उल्लेख छ।

समाजवादको लक्ष्यलाई कम्युनिस्ट र कांग्रेसले भने फरक फरक ढङ्गले अर्थ्याउने गर्छन्। त्यसैले विपरीत धारका दलबीच गठबन्धन लामो समय टिकाइराख्न खोजेमा एउटाले अर्काको लक्ष्य स्वीकार गर्न तयार हुनुपर्ने वा दुवैले आआफ्नो लक्ष्य थाती राख्नुपर्ने तर अडान नछाड्ने हो भने त्यो नटिक्ने एक थरीको विश्लेषण पाइन्छ।

दुवैको समाजवाद ‘फरक’ भएको स्वीकार गर्दै भुसाल भन्छन्, “कांग्रेसका समाजवादीको त कुरै छाडौँ, उदार अर्थतन्त्रका पक्षपातीहरूले दिने गरेको प्राथमिकता सुन्दा पनि कांग्रेस र कम्युनिस्टबीच १०-२० वर्ष वैचारिक हिसाबले धेरै झगडा गर्नु पर्दैन।”

त्यसपछिको सन्दर्भ, अन्तर्राष्ट्रिय परिस्थिति अनि दक्षिण र उत्तरतर्फका छिमेकीको सम्बन्धले उत्पन्न गर्ने अवस्थामा सहकार्य निर्भर हुनुपर्ने उनी ठान्छन्।

एमालेसँगको सहकार्य कति निकट?

त्यसैले भुसालले हाललाई लामो समयसम्म कांग्रेस र कम्युनिस्ट पार्टीहरू सँगसँगै जान सक्ने ठाउँ देखेका छन्।

यस्तो अवस्थामा एमालेसँग एउटा शक्तिको रूपमा भने विभिन्न दलहरूले सहकार्य गर्ने उनको भनाइ छ। भुसालले एमालेलाई देशको सबैभन्दा लोकतान्त्रिक वामपन्थी पार्टी निर्माण गरेको र त्यसमा आफूलाई गौरव लाग्ने सुनाए।

तर केपी शर्मा ओलीले नेतृत्व गर्न थालेदेखि अवस्था निकै फेरिएको उल्लेख गर्दै उनी भन्छन्, “यदि एमालेको आत्माको कुरा गर्ने हो भने त्यहाँ ओली रहनुहुन्न, ओलीजीकै विचारलाई नै एमाले मान्ने हो भने त्यहाँ एमाले रहन्न।”

त्यसैले आफू वामपन्थी सहकार्यको निम्ति पहल गर्न तयार रहे पनि ओली नेतृत्वमा रहँदासम्म त्यो सम्भावना नदेखेको उनले बताए।

ओलीले त्यो कुरा नबुझ्ने निचोडमा आफू पुगेको उल्लेख गर्दै भुसालले भने, “एमालेले कहिले बुझ्छ त्यसपछि सहकार्यको बाटो खुल्छ तर जुन निकट भविष्यमा मैले त्यति सम्भव देख्दिन।”

भुसालले कार्यक्रममा आधारित भएर अघि बढेमा यो चुनावमा आफूलाई समर्थन गरेको गठबन्धनको पक्षमा उभिने बताए। किनकि त्यसले वाम-लोकतान्त्रिक गठबन्धनको चरित्र बोक्ने उनको ठम्याइ छ।

वाम सहकार्य होला?

नेकपा विभाजनपछि आआफ्नो दलको नेतृत्वमा रहेका नेताले पार्टीको कार्यकारी भूमिका त्याग्न तयार भए वाम एकताको आधार तयार हुने चर्चा चलेको थियो।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बीबीसीको कुराकानीमा आफू त्यसको निम्ति तयार रहेको बताएका थिए।

यो चुनावमा एमाले सम्मानजनक स्थानमा विजयी भएमा उसले वाम सहकार्यलाई वास्ता नगर्ने तर गठबन्धनका नेताहरूले दाबी गरेजस्तो लज्जाजनक हार बेहोरेमा ओलीमाथि सहकार्यको बाटो खोल्न दबाव पर्ने एक थरीको विश्लेषण छ।

त्यस सम्भावनाबारे भुसालले पृष्ठभूमि बाँधेर आफ्ना कुरा राखे।

विगतदेखिका थुप्रिएका सङ्कट र त्यसको समाधान गर्न नसकेको नेतृत्वसामु ठूलो चुनौती रहेको बताउँदै उनले भने, “तीन चार वर्षभित्रै देख्छु, नभए पाँच वर्षभित्र अर्को चुनाव हुन्जेल सम्म त्यो आक्रोश आउने वाला छ।”

पार्टीभित्रबाटै त्यसको सम्बोधन गर्न थालेर पार्टीहरूलाई सच्याउन सुरु गरिए नयाँ अवसर सृजना हुने उनको बुझाइ छ।

“हामीले त्यसो गरेनौँ भने त्यसका बाछिटा त्यसका धक्का व्यवस्थामाथि पर्छन्,” भुसाल भन्छन्, “त्यस अर्थमा अहिलेको नेतृत्व सचेत हुनुपर्‍यो। यदि सचेत हुँदैन भनेदेखि पार्टी सचेत हुनुपर्छ।” बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending