Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

लन्चमा मिल्दै, नेतृत्वमा भिड्दै नेतापुत्रत्रय

खबरडबली संवाददाता

काठमाडौं । विधानको व्यवस्थाअनुसार नेपाली कांग्रेसको १५औं महाधिवेशन अबको एक वर्षभित्र हुनुपर्नेछ। कांग्रेसभित्रको तयारी र विगतको अभ्यास हेर्दा १५औं महाधिवेशन कहिले हुन्छ भन्ने निश्चित छैन तर नेतृत्वमा पुग्न नेताहरूले सक्रियता बढाएको भने लामै समय भइसकेको छ। महाधिवेशनको परिणाम पक्षमा पार्न कांग्रेसका केही पदाधिकारी क्रियाशील सदस्यता वितरणदेखि नै सक्रिय भएका छन् केहीले नेता तथा कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन्।

नेतृत्वका आकांक्षीमध्येका तीनजना नेता भने विगतमा जस्तै फेरि ‘लन्च मिटिङ’ मा जुट्न थालेका छन्। कांग्रेस संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराले १५औं महाधिवेशनको चर्चासँगै एकपछि अर्को बैठक गरिरहेका छन्।

 बिपीपुत्र शशांक कोइरालाले गत असोज ७ गते पहिलो बैठक राखेका थिए। यसैक्रममा गणेशमान पुत्र प्रकाशमान सिंहले बुधबार दोस्रो बैठक राखे। यसले कांग्रेसभित्रको राजनीतिमा तरंग ल्याएको छ तर १४औं महाधिवेशनअघि पनि महेन्द्रनारायणपुत्र विमलेन्द्र निधि, बिपीपुत्र शशांक र गणेशमानपुत्र प्रकाशमानले पटकपटक यस्तै बैठक गरेका थिए।

आगामी दिनमा पनि आलोपालो यसैगरी बैठक गर्ने समझदारी गरेका उनीहरूले १४औं महाधिवेशनअघि पनि आआफ्नो निवासमा पटकपटक ‘लन्च मिटिङ’ गरेका थिए तर अन्त्यमा उनीहरू तीनैजना मिल्न सकेनन्। महाधिवेशनमा सभापतिका लागि विमलेन्द्र, प्रकाशमान, शेरबहादुर देउवा, शेखर कोइराला र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिए। शशांक केन्द्रीय सदस्यको उम्मेदवार बने। केन्द्रीय सदस्यमा उम्मेदवारीसँगै उनी मौन बसे। सभापतिका प्रत्यासीमध्ये कसैको पक्षमा उनले मुख खोलेनन्। त्यसको लाभ देउवाले उठाए र तेस्रो पटक सभापतिमा निर्वाचित भए।

कांग्रेस विधानको व्यवस्थाअनुसार १५औं महाधिवेशनमा देउवा सभापतिको प्रत्यासी बन्न पाउने छैनन्। त्यसको लाभ उठाएर नेतृत्वमा पुग्न नेतापुत्रत्रयसहित कांग्रेसका अन्य नेताहरू सक्रिय भएका छन्। नेतृत्वका आकांक्षीहरूले प्रतिस्पर्धामै केन्द्रित भएर भेटघाट सुरु गरेका छन्। शशांक, प्रकाशमान र विमलेन्द्रमा कांग्रेसको संगठनसँगै विरासतको प्रभाव  पनि केही छ।

चिकित्सक पेसामा रहेका शशांक विरासतबाटै राजनीतिमा उदाएका हुन् भने विमलेन्द्र र प्रकाशमान विद्यार्थीकालबाटै कांग्रेस राजनीतिमा होमिएका हुन्। मिलेर एकजना अघि सर्दा कांग्रेसको नेतृत्व लिन सकिने विश्वास शशांक, प्रकाशमान र विमलेन्द्रको छ। तर यी तीनैजना नेतृत्वका आकांक्षी भएकाले एकले अर्कालाई छाडिदिए हुन्थ्यो भन्ने पक्षमा रहेको निकटहरू बताउँछन्।

लामो समयसम्म देउवालाई सहयोग गरेका विमलेन्द्र १४औं महाधिवेशनमा देउवासँगै नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका थिए। तर पहिलो चरणमा कसैले आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा गएको निर्वाचनमा निधि र सिंह दुवैले देउवालाई सहयोग गरे। उनीहरू आगामी महाधिवेशनमा उनै देउवाको साथ लिएर नेतृत्वमा पुग्ने आशमा छन्। शशांक पनि यही आश र विश्वासमा छन्। बिपीपुत्र भन्ने सहानुभूतिको मतसहित देउवाको साथ लिएर पार्टी नेतृत्वमा पुग्ने सोचमा शशांक रहेको निकटहरूको दाबी छ।

कांग्रेसका शशांक, प्रकाशमान र विमलेन्द्रलाई नजिकबाट नियालेका एक नेताले जति ‘लन्च मिटिङ’ बसे पनि १४औं महाधिवेशनमा जस्तै १५औं महाधिवेशनमा पनि उनीहरू एकअर्काविरुद्ध खडा हुने दाबी गरे। तर तीनमध्येका एक नेताले आगामी महाधिवेशनमा विगतको जस्तो नहुने दाबी गरे।

पार्टी उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, एनपी साउदसहितका नेताहरूलाई समेत साथ लिएर अघि बढ्ने दाबी ती नेताको छ। ‘हामी कोर्स करेक्सनको पक्षमा छौं’, ती नेताले भने, ‘हामी मिलेरै नेतृत्वका एकजना अघि सर्छौं। पार्टी र मुलुकलाई अघि बढाउँछौं।’

खड्का, सिटौलासहितका नेताले पनि आफूहरूलाई सभापतिको प्रत्यासीका रूपमा प्रस्तुत गर्न थालेका छन्। १४औं महाधिवेशनमै सभापतिको प्रत्यासी बनेका शेखर कोइरालाले पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्। सोहीअनुसार उनले नेता तथा कार्यकर्ता भेट्न थालेका छन्। शेखर समूहबाट महामन्त्रीमा निर्वाचित गगनकुमार थापा सभापति देउवासँग नजिकिएर नेतृत्वमा पुग्ने रणनीतिमा छन्।
यो समाचार आजको नागरिक दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending