Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

लन्चमा मिल्दै, नेतृत्वमा भिड्दै नेतापुत्रत्रय

खबरडबली संवाददाता

काठमाडौं । विधानको व्यवस्थाअनुसार नेपाली कांग्रेसको १५औं महाधिवेशन अबको एक वर्षभित्र हुनुपर्नेछ। कांग्रेसभित्रको तयारी र विगतको अभ्यास हेर्दा १५औं महाधिवेशन कहिले हुन्छ भन्ने निश्चित छैन तर नेतृत्वमा पुग्न नेताहरूले सक्रियता बढाएको भने लामै समय भइसकेको छ। महाधिवेशनको परिणाम पक्षमा पार्न कांग्रेसका केही पदाधिकारी क्रियाशील सदस्यता वितरणदेखि नै सक्रिय भएका छन् केहीले नेता तथा कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन्।

नेतृत्वका आकांक्षीमध्येका तीनजना नेता भने विगतमा जस्तै फेरि ‘लन्च मिटिङ’ मा जुट्न थालेका छन्। कांग्रेस संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराले १५औं महाधिवेशनको चर्चासँगै एकपछि अर्को बैठक गरिरहेका छन्।

 बिपीपुत्र शशांक कोइरालाले गत असोज ७ गते पहिलो बैठक राखेका थिए। यसैक्रममा गणेशमान पुत्र प्रकाशमान सिंहले बुधबार दोस्रो बैठक राखे। यसले कांग्रेसभित्रको राजनीतिमा तरंग ल्याएको छ तर १४औं महाधिवेशनअघि पनि महेन्द्रनारायणपुत्र विमलेन्द्र निधि, बिपीपुत्र शशांक र गणेशमानपुत्र प्रकाशमानले पटकपटक यस्तै बैठक गरेका थिए।

आगामी दिनमा पनि आलोपालो यसैगरी बैठक गर्ने समझदारी गरेका उनीहरूले १४औं महाधिवेशनअघि पनि आआफ्नो निवासमा पटकपटक ‘लन्च मिटिङ’ गरेका थिए तर अन्त्यमा उनीहरू तीनैजना मिल्न सकेनन्। महाधिवेशनमा सभापतिका लागि विमलेन्द्र, प्रकाशमान, शेरबहादुर देउवा, शेखर कोइराला र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिए। शशांक केन्द्रीय सदस्यको उम्मेदवार बने। केन्द्रीय सदस्यमा उम्मेदवारीसँगै उनी मौन बसे। सभापतिका प्रत्यासीमध्ये कसैको पक्षमा उनले मुख खोलेनन्। त्यसको लाभ देउवाले उठाए र तेस्रो पटक सभापतिमा निर्वाचित भए।

कांग्रेस विधानको व्यवस्थाअनुसार १५औं महाधिवेशनमा देउवा सभापतिको प्रत्यासी बन्न पाउने छैनन्। त्यसको लाभ उठाएर नेतृत्वमा पुग्न नेतापुत्रत्रयसहित कांग्रेसका अन्य नेताहरू सक्रिय भएका छन्। नेतृत्वका आकांक्षीहरूले प्रतिस्पर्धामै केन्द्रित भएर भेटघाट सुरु गरेका छन्। शशांक, प्रकाशमान र विमलेन्द्रमा कांग्रेसको संगठनसँगै विरासतको प्रभाव  पनि केही छ।

चिकित्सक पेसामा रहेका शशांक विरासतबाटै राजनीतिमा उदाएका हुन् भने विमलेन्द्र र प्रकाशमान विद्यार्थीकालबाटै कांग्रेस राजनीतिमा होमिएका हुन्। मिलेर एकजना अघि सर्दा कांग्रेसको नेतृत्व लिन सकिने विश्वास शशांक, प्रकाशमान र विमलेन्द्रको छ। तर यी तीनैजना नेतृत्वका आकांक्षी भएकाले एकले अर्कालाई छाडिदिए हुन्थ्यो भन्ने पक्षमा रहेको निकटहरू बताउँछन्।

लामो समयसम्म देउवालाई सहयोग गरेका विमलेन्द्र १४औं महाधिवेशनमा देउवासँगै नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका थिए। तर पहिलो चरणमा कसैले आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा गएको निर्वाचनमा निधि र सिंह दुवैले देउवालाई सहयोग गरे। उनीहरू आगामी महाधिवेशनमा उनै देउवाको साथ लिएर नेतृत्वमा पुग्ने आशमा छन्। शशांक पनि यही आश र विश्वासमा छन्। बिपीपुत्र भन्ने सहानुभूतिको मतसहित देउवाको साथ लिएर पार्टी नेतृत्वमा पुग्ने सोचमा शशांक रहेको निकटहरूको दाबी छ।

कांग्रेसका शशांक, प्रकाशमान र विमलेन्द्रलाई नजिकबाट नियालेका एक नेताले जति ‘लन्च मिटिङ’ बसे पनि १४औं महाधिवेशनमा जस्तै १५औं महाधिवेशनमा पनि उनीहरू एकअर्काविरुद्ध खडा हुने दाबी गरे। तर तीनमध्येका एक नेताले आगामी महाधिवेशनमा विगतको जस्तो नहुने दाबी गरे।

पार्टी उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, एनपी साउदसहितका नेताहरूलाई समेत साथ लिएर अघि बढ्ने दाबी ती नेताको छ। ‘हामी कोर्स करेक्सनको पक्षमा छौं’, ती नेताले भने, ‘हामी मिलेरै नेतृत्वका एकजना अघि सर्छौं। पार्टी र मुलुकलाई अघि बढाउँछौं।’

खड्का, सिटौलासहितका नेताले पनि आफूहरूलाई सभापतिको प्रत्यासीका रूपमा प्रस्तुत गर्न थालेका छन्। १४औं महाधिवेशनमै सभापतिको प्रत्यासी बनेका शेखर कोइरालाले पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्। सोहीअनुसार उनले नेता तथा कार्यकर्ता भेट्न थालेका छन्। शेखर समूहबाट महामन्त्रीमा निर्वाचित गगनकुमार थापा सभापति देउवासँग नजिकिएर नेतृत्वमा पुग्ने रणनीतिमा छन्।
यो समाचार आजको नागरिक दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending