धनुषा । जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ । मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत गरी मङ्सिर ११, १२ र १३ गतेसम्म रेल सेवा दैनिक तीन सिफ्ट चलाइने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
विवाह पञ्चमी मेला महोत्सवका लागि आउने धार्मिक तीर्थयात्री तथा भक्तजनको सुविधालाई मध्यनजर गरी तीन दिन बिहान ८ः३० बजे जयनगरबाट कुर्था, बिहान १०ः४५ बजे कुर्थाबाट जयनगर, पुनः १२ः३० बजे जयनगरबाट जनकपुरधाम, दिउँसो १ः४० जनकपुरबाट जयनगर तथा दिउँसो ३ बजे जयनगरबाट कुर्था र बेलुका ५ः१५ बजे कुर्थाबाट जयनगर रेल सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए ।
जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।
सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गरेका थिए। त्यसयता रेल सेवा दैनिक दुई पटक आउने र दुई पटक जाने गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - ०९:४०
काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...
चैत्र १ गते, २०८२ - ०९:३४
चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि ...
चैत्र १ गते, २०८२ - ०९:३१
ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...
चैत्र १ गते, २०८२ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र सम...
चैत्र १ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...
चैत्र १ गते, २०८२ - ०७:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...
चैत्र १ गते, २०८२ - ०७:४५
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...
चैत्र १ गते, २०८२ - ०७:४१
म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...
चैत्र १ गते, २०८२ - ०७:३७
गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंद...
चैत्र १ गते, २०८२ - ०७:३१
कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ । बजार अनुगमनका ...


प्रतिकृया लेख्नुहोस्: