Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

सप्तरी–१ मा जसपा साह विजयीे

खबरडबली संवाददाता

सप्तरी । सप्तरी–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नवलकिशोर साह  प्रतिनिधिसभा सदस्यमा विजयी भएको छन् । यहाँले २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी हुनु भएको हो । उनले जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार पाँच सय ७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएको हो ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ कञ्चनरुप, सप्तरीका अनुसार साहले २३ हजार पाँच सय ६४ र निकटतम प्रतिद्वन्द्वी राउतले १९ हजार नौ सय ९२ मत प्राप्त गरेको छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामदेव साहले १४ हजार तीन सय १२ मत प्राप्त गरे । 

गतप्रतिनिधिसभाको निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका डा सूर्यनारायण यादव विजयी भएको थिए । राजपाबाट नवलकिशोर साह गत निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएको थिए। 

प्रतिनिधिसभा सदस्य तर्फ सप्तरी ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव र सप्तरी–२ मा जनमत पार्टीका सिके राउत विजयी भइसकेका छन । सप्तरी–४ मा कांग्रेसका तेजुलाल चौधरीले अग्रता बढाएका छन् । चौधरीलाई जसपाका बालकिशोर यादव र जनमतका सुकदेवप्रसाद साहले पछ्याइरहका छन् ।

हालसम्म घोषित परिणामअनुसार सप्तरीमा कांग्रेस, जसपा र जनमत पार्टीले एक÷एक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेको छ । प्रदेशसभामा जनमत पार्टीले चार, कांग्रेस र एमालेले एक /एक प्रदेशसभा सदस्यमा जित हासिल गरेको छ । बाँकी प्रदेशसभा ४ (१) मा नेकपा (एस) का गोविन्दबहादुर न्यौपाने र ४ (२) मा स्वतन्त्रका अनिरुद्ध कुमार यादवले अग्रता कायम राखेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE