Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

जेनजी आन्दोलन- छानबिन आयोगले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

खबरडबली संवाददाता

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडका घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो प्रतिवेदन बुझाउने भएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन्।

सल्लाहकार रावलका अनुसार प्रधानमन्त्रीले प्रतिवेदन ग्रहण गरेपछि त्यसलाई मन्त्रिपरिषद्मा पेश गरिनेछ। मन्त्रिपरिषद्ले प्रतिवेदनको अध्ययन गरी आवश्यक कार्यान्वयन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने प्रतिबद्धता व्यक्त गर्दै आइरहेकी छन्।

जेनजी आन्दोलनका घटनाबारे सत्यतथ्य पत्ता लगाउन कार्की नेतृत्वको अन्तरिम सरकारले गत असोज ५ गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई सुरुमा तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइए पनि काम नसकिएको भन्दै पटक–पटक समय थप गरिएको थियो। पछिल्लोपटक माघ २९ गते २५ दिनको म्याद थप गरिएको थियो।

आयोगले आफ्नो अनुसन्धान पूरा गरिसकेको भए पनि निर्वाचन प्रभावित हुने आशंकाका कारण प्रतिवेदन बुझाउने प्रक्रिया चुनावपछि सारिएको थियो।

जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो, जसमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।

छानबिनको क्रममा आयोगले दमनको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतका व्यक्तिसँग पनि बयान लिएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending