काठमाडौं । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ। अनुहार छोपेको सो व्यक्तिले सेनाको पोसाक लगाएको देखिएको छ । यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ । सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माईल उत्तरमा रहेको सानो शहर अराक्रुजमा सो आक्रमण भएको थियो।
एस्पिरिटो सान्तोका गभर्नर रेनाटो कासाग्रान्डेले शुक्रबार ट्वीटमा गर्दै, ुसुरक्षा टोलीले आक्रमणकारीलाई पक्राउ गरेको छ जसले कायरतापूर्वक अराक्रुजका दुई विद्यालयमा आक्रमण गरेको थियो। मैले अपूरणीय क्षतिको लागि शोकको रूपमा तीन दिनको आधिकारिक शोक घोषणा गरेको छु। हामी घटनाको कारणबारे अनुसन्धान जारी राख्नेछौं र चाँडै नै निष्कर्षमा पुग्नेछौं।ु
गभर्नरका अनुसार, ुप्रिमो बिट्टी स्कूल र प्रिया डे कोक्वेरल शैक्षिक केन्द्रमा आक्रमणहरू भएका थिए।ु ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सो घटनाबारे ट्वीट गर्दै अराक्रुज विद्यालयहरूमा भएको आक्रमणले आफू दुःखी भएको र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...



प्रतिकृया लेख्नुहोस्: