Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

खबरडबली संवाददाता

काठमाडौं । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको  सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ। अनुहार छोपेको सो व्यक्तिले सेनाको पोसाक लगाएको  देखिएको छ  ।  यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ । सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माईल उत्तरमा रहेको सानो शहर अराक्रुजमा  सो आक्रमण भएको थियो।

एस्पिरिटो सान्तोका गभर्नर रेनाटो कासाग्रान्डेले शुक्रबार ट्वीटमा गर्दै, ुसुरक्षा टोलीले आक्रमणकारीलाई पक्राउ  गरेको छ जसले कायरतापूर्वक अराक्रुजका दुई विद्यालयमा आक्रमण गरेको थियो। मैले अपूरणीय क्षतिको लागि शोकको रूपमा तीन दिनको आधिकारिक शोक घोषणा गरेको छु। हामी  घटनाको कारणबारे अनुसन्धान जारी राख्नेछौं र चाँडै नै निष्कर्षमा पुग्नेछौं।ु

गभर्नरका अनुसार, ुप्रिमो बिट्टी स्कूल र प्रिया डे कोक्वेरल शैक्षिक केन्द्रमा आक्रमणहरू भएका थिए।ु ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सो घटनाबारे ट्वीट गर्दै अराक्रुज विद्यालयहरूमा भएको आक्रमणले आफू दुःखी भएको र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन आग्रह गरेका  छन्। 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिनताबोध नगरौँ, नवीन समझदारी गरेर राजसंस्थाको पुनःस्थापना गरौँः राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ समझदारी गरेर हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभाव...

चलचित्र 'एक्टर’मा मार्फत दिलिपकि छोरीको डेब्यु, प्रदिप खड्कासँग जोडी बाधियो

काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारम...

बुद्धजयन्तीमा नेपालदेखि श्रीलंकासम्म आर्मीको ‘हार्टफुलनेस राइड’ सञ्चालन हुने

काठमाडौँ ।  तीन देश श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्धजयन्तीको दिनबाट ‘हार्टफुलनेस राइड’ (त्रिपक्षीय बाइक एक्सपिडिसन) सञ्चालन हुने भएको छ...

हुम्लामा बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ ।      स्वास्थ्यचौकीमा प्र...

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिटको सुनुवाई हेर्दाहेर्दै मा

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको आजको सुनुवाई ुहेर्दाहेर्दैु मा सकिएको छ । नेपाली कांग्रेस ...

कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने

काठमाडौं । कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर ...

उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ । ...

दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलहरुले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताएका छन् । नेप...

अहिल्यै बामपन्थी मिल्न थाल्यौं भने किन फुट्या भनेर प्रश्न उठ्छ- ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलबीच अहिले सहमति र सहकार्य हुने बताएका छन् । सोमबार नेकपा स्थापनाको ७५औं वर्ष पूरा भएको अ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies