मस्को । कजाकस्तानका नेता कासिम–जोमार्ट तोकायेभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार क्रेमलिनमा भेटवार्ता गरेको छन् ।
गत साता दोस्रो कार्यकालका लागि सेवा सुरू भएयता कजाकस्तानका नेताको यो पहिलो विदेश भ्रमण हो भने ६९ वर्षीय कजाखस्तानले मस्को भ्रमण गर्ने आफ्नो छनौट साङ्केतिक भएको बताएको छन् ।
“यो मेरो पहिलो विदेश भ्रमण हो र यो आफैंमा राजनीतिक महत्व र निश्चित प्रतीकात्मकता हो,” वार्ताअघि पुटिनको छेउमा बसेका टोकाएभले भने। “कजाकस्तानका लागि रुस सधैं रणनीतिक साझेदार हो र रहँदै आएको छ,” उहाँले भन्नुभयो ।
उक्त अबसरमा पुुटिनले टोकायेभसँग भन्नुभयो, “मस्को र अस्तानाबीचको सम्बन्ध ‘विशेष अवस्था’को छ ।
उहाँले आर्थिक सम्बन्धलाई मजबुत बनाउन आह्वान गर्दै भन्नुभयो, “अन्तर्राष्ट्रिय व्यापार सङ्कटमा परेको बेला आर्थिक समस्या समाधान विशेष गरी समयसापेक्ष छ ।
नेताद्वयले सोमबार नै कजाकस्तानको सीमा नजिकै रहेको रुसी शहर ओरेनबर्गमा व्यापारमा केन्द्रित अन्तरसरकारी मञ्चलाई भिडियो लिंकमार्फत सम्बोधन गरेका थिए ।
युक्रेनमा रूसको आक्रमणले कजाकस्तानलगायत उसका केही पूर्व सोभियत मित्रराष्ट्रहरूलाई चिन्तित तुल्याएको छ ।
गत साता अर्मेनियामा मस्को नेतृत्वको सीएसटीओ सुरक्षा समूहको शिखर सम्मेलनलाई सम्बोधन गर्दै टोकायेभले ‘शान्तिको सूत्रका लागि संयुक्त सामूहिक खोजी’ गर्न आह्वान गरेकाा थिए ।
“हामीले रुसी र युक्रेनी दाजुभाइ तथा दिदीबहीनीहरूलाई वर्षौंसम्म आपसी अस्वस्थ गुनासोका साथ अलग हुन दिनु हुँदैन ।”
तोकायेभले रूसमा सैन्य परिचालन बाट भागेका दशौं हजार रूसीहरूलाई कजाकस्तानमा रहन अनुमति दिइएको पनि उक्त अवसरमा बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: