काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन्।
मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका हुन्।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलसँग चुनावी तालमेल गरेर अहिलेसम्म ५३ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसभित्र प्रधानमन्त्रीका लागि भने आधा दर्जन नेताले आकांक्षा देखाएका हुन्।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्।
अहिलेकै गठबन्धनलाई निरन्तरता दिनेगरी सभापति देउवाले छलफललाई अघि बढाएका हुन्। दाहाल र नेपालसँग छलफल गरेका देउवाले अहिलेको गठबन्धनलाई निरन्तरता दिने समझदारी गर्दै अन्य दललाई पनि समेटेर मुलुकको आर्थिक विकास र समृद्धिको पक्षमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ।
तीन दलका शीर्ष नेताहरूले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल आंशिक रूपमा सफल भएको निष्कर्ष पनि निकालेको निकट सहयोगीहरूको दाबी छ।
निर्वाचनको सम्पूर्ण परिणाम आएसँगै संघ र प्रदेशको सरकार गठनका साथै अन्य विषयमा पनि छलफल गर्दै समझदारीमै अघि बढ्नेमा नेताहरू एकमत रहेको स्रोतको दाबी छ।
अहिलेककै गठबन्धनको निरन्तरतासहित सभापति देउवा फेरि प्रधानमन्त्री बन्न सक्ने र उनी नै कांग्रेस संसदीय दलको नेता चयन हुने प्रबल सम्भावना रहेको आकलन गरिएको छ।
तर कांग्रेस नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइरालाले मात्र होइन, महामन्त्री गगनकुमार थापाले पनि निर्वाचनअघि नै आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्। निर्वाचनको अन्तिम परिणाम आएपछि हुने पार्टी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री थापाले बताउँदै आएका छन्। यो समाचार नागरिक दैनिकममा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: