Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

मधेस प्रदेशमा नयाँ सरकार बनाउन अन्योल, केन्द्रको समीकरण कुर्दै दलहरू

खबरडबली संवाददाता

धनुषा । दुई गठबन्धनसहित चुनावमा गए पनि कसैको बहुमत नआएपछि मधेस प्रदेशमा कसको र कसरी सरकार बन्छ भन्ने अन्योल देखिएको छ । सरकार बनाउन सङ्ख्या नपुगेको र केन्द्रको समीकरण पनि कसरी अगाडि बढ्छ भन्ने प्रष्ट भइनसकेकाले यहाँका नेताहरू समेत अन्योलमा परेका छन् । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भइरहे पनि केन्द्रको निर्देशन र समानुपातिकतर्फको परिणाम आएपछि नै ठोसरूपमा अगाडि बढ्ने बताए । 

उनले गठबन्धनका सबै दल र त्योभन्दा बाहिर रहेकासँग पनि कुराकानी भइरहेको बताए । “समानुपातिकको परिणाम आउँछ त्यसपछि सरकार बनाउने अवस्थाका बारेमा घनीभूत छलफल गर्छौं”, यादवले भने, “अहिलेकै अवस्थामा गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउनेमा हामी सबैको एक मत छ । त्यहीअनुसार अगाडि बढिरहेका छौँ ।”

सत्तागठबन्धनकै अर्को घटक माओवादी केन्द्र का नेता भरत साहले पनि गठबन्धनलाई नै अगाडि लिएर जाने बताए। “केन्द्रको निर्देशन आउला तर अहिले हामी गठबन्धनका नेताहरू छलफलमै छौं । पुगनपुग सङ्ख्या स्पष्ट भएपछि त्यहीअनुसार थप रणनीति बनाउँछौँ”, साहले भने ।

एमाले–जसपा गठबन्धन पनि आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफलमै छ । एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले प्रदेश कमिटीको बैठक आजै बसेर यस विषयमा पार्टीको धारणा बनाउने बताए । उनले आफू पक्षीय गठबन्धन दल मिलेर सरकार बनाउने सम्भावना र अरु विकल्पका बारेमा केन्द्रको निर्देशन र प्रदेश कमिटीको निर्णयअनुसार अगाडि बढ्ने बताए । 

त्यसैगरी जसपाका नेता एवं मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपा तेस्रो दलको हैसियतमा रहेकाले अरु दलको निर्णय र आवश्यकताका आधारमा अघि बढ्ने बताए । उनले एमालेसँग उभिएर चुनावमा गएको तर दुई पार्टी मिलेर सरकार बन्ने अवस्था नरहेकाले राष्ट्रिय राजनीतिक समीकरण र जनताको ‘म्यान्डेड’ अनुसार प्रदेश सरकारबारे निर्णय हुने धारणा राखे । “हाम्रो सङ्ख्या पुग्दैन, अर्को गठबन्धनको अवस्था पनि त्यस्तै छ”, राउतले भने, “केन्द्रको अवस्था के हुन्छ रु अरुले पनि विकल्पका बारेमा कुरा गर्लान् । परिस्थितिअनुसार हामी अगाडि बढ्छौँ ।”

दुवै गठबन्धनको सरकार बनाउन सङ्ख्या नपुगेको अवस्थामा जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरू निर्णायक हुने देखिएको छ । यी दुवै गठबन्धनका नेताहरूको ध्यान पनि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारमै छ ।

कांग्रेस प्रदेश सभापति यादवले पनि जनमत पार्टीलगायत स्वतन्त्रहरूसँग छलफल गरेर अगाडि बढ्ने बताए । तर जनमत पार्टीका प्रवक्ता बिपी साहले भने सकेसम्म आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने गरी छलफल भइरहेको बताए ।

‘एक्लै चुनाव लडेको हिसाबले हामी सबैभन्दा ठूलो पार्टी हो, त्यसैले आफ्नै नेतृत्वमा सरकार बनाउन लाग्छौँ’ साहले भने, “अन्यथा शक्ति बाँडफाँट कसरी हुन्छ त्यहीअनुसार अगाडि बढ्छौँ ।” कुन गठबन्धनमा जाने गरी कुरा भइरहेको छ भन्ने जिज्ञासामा साह भन्छन्, “हामी खुला छौँ, अरु पार्टीले औपचारिकरूपमा संवाद सुरु गरेको अवस्था छैन ।” 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै समानुपातिकको नतिजापछि यस विषयमा गम्भीर छलफल गर्ने बताए। उनले गठबन्धन बहुमतको नजिक रहेको र समानुपातिकको सङ्ख्या हेरेर रणनीति बनाउने बताए । “हामी छलफलमै छौँ । स्वतन्त्ररूपमा जित्नुभएका साथीहरू पनि सम्पर्कमै हुनुहुन्छ । त्यसैले चाँडै अन्योलता चिर्छौँ”, सोनलको भनाइ थियो ।

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ लोकतान्त्रिक–वाम गठबन्धनमा अहिले २८ र  एमाले–जसपा गठबन्धनमा २४ मत छ । यहाँ एमालेले १५, कांग्रेसले १३, माओवादी केन्द्र र एकीकृत समाजवादीले चारचार, जसपाले नौ, लोसपाले सात, जनमत पार्टी र स्वन्तन्त्र उम्मेदवारहरूले छरछ सिट जितेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

भिजिट भिसा दुरुपयोग रोक्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय...

प्रतिनिधिसभामा नियमावली विवाद: सभामुखकै अभिव्यक्ति हटाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले संसदमा व्यक्त गरेको केही अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ। प्रतिनिधिसभामा आइतबार भए...

भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ: प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिएको हो । लिम्पियाधुरा लगायतको भूभागबा...

सभामुखद्वारा ऐन महर, ध्रुव र आरेन राईलाई मर्यादा कायम गर्न सचेत गराइयो

काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का सांसद ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई र आरेन राईलाई मर्यादा कायम नगरेको भन्दै सभ...

संसदमा आक्रोशित देखिएकी आशिका तामाङलाई रास्वपाकै सांसदहरूले बाहिर निकाले

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनकै पार्टीका सांसदहरूले बैठक कक्ष बाहि...

भ्रष्टाचार अन्त्य गर्नेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो वर्ष सुशासनको वर्षको रुपमा काम गर्ने बताएको छन् । बेतिथी हटाउने, भ्रष्टाचार निर्मूल गर्ने काममा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending