Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मधेस प्रदेशमा नयाँ सरकार बनाउन अन्योल, केन्द्रको समीकरण कुर्दै दलहरू

खबरडबली संवाददाता

धनुषा । दुई गठबन्धनसहित चुनावमा गए पनि कसैको बहुमत नआएपछि मधेस प्रदेशमा कसको र कसरी सरकार बन्छ भन्ने अन्योल देखिएको छ । सरकार बनाउन सङ्ख्या नपुगेको र केन्द्रको समीकरण पनि कसरी अगाडि बढ्छ भन्ने प्रष्ट भइनसकेकाले यहाँका नेताहरू समेत अन्योलमा परेका छन् । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भइरहे पनि केन्द्रको निर्देशन र समानुपातिकतर्फको परिणाम आएपछि नै ठोसरूपमा अगाडि बढ्ने बताए । 

उनले गठबन्धनका सबै दल र त्योभन्दा बाहिर रहेकासँग पनि कुराकानी भइरहेको बताए । “समानुपातिकको परिणाम आउँछ त्यसपछि सरकार बनाउने अवस्थाका बारेमा घनीभूत छलफल गर्छौं”, यादवले भने, “अहिलेकै अवस्थामा गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउनेमा हामी सबैको एक मत छ । त्यहीअनुसार अगाडि बढिरहेका छौँ ।”

सत्तागठबन्धनकै अर्को घटक माओवादी केन्द्र का नेता भरत साहले पनि गठबन्धनलाई नै अगाडि लिएर जाने बताए। “केन्द्रको निर्देशन आउला तर अहिले हामी गठबन्धनका नेताहरू छलफलमै छौं । पुगनपुग सङ्ख्या स्पष्ट भएपछि त्यहीअनुसार थप रणनीति बनाउँछौँ”, साहले भने ।

एमाले–जसपा गठबन्धन पनि आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफलमै छ । एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले प्रदेश कमिटीको बैठक आजै बसेर यस विषयमा पार्टीको धारणा बनाउने बताए । उनले आफू पक्षीय गठबन्धन दल मिलेर सरकार बनाउने सम्भावना र अरु विकल्पका बारेमा केन्द्रको निर्देशन र प्रदेश कमिटीको निर्णयअनुसार अगाडि बढ्ने बताए । 

त्यसैगरी जसपाका नेता एवं मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपा तेस्रो दलको हैसियतमा रहेकाले अरु दलको निर्णय र आवश्यकताका आधारमा अघि बढ्ने बताए । उनले एमालेसँग उभिएर चुनावमा गएको तर दुई पार्टी मिलेर सरकार बन्ने अवस्था नरहेकाले राष्ट्रिय राजनीतिक समीकरण र जनताको ‘म्यान्डेड’ अनुसार प्रदेश सरकारबारे निर्णय हुने धारणा राखे । “हाम्रो सङ्ख्या पुग्दैन, अर्को गठबन्धनको अवस्था पनि त्यस्तै छ”, राउतले भने, “केन्द्रको अवस्था के हुन्छ रु अरुले पनि विकल्पका बारेमा कुरा गर्लान् । परिस्थितिअनुसार हामी अगाडि बढ्छौँ ।”

दुवै गठबन्धनको सरकार बनाउन सङ्ख्या नपुगेको अवस्थामा जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरू निर्णायक हुने देखिएको छ । यी दुवै गठबन्धनका नेताहरूको ध्यान पनि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारमै छ ।

कांग्रेस प्रदेश सभापति यादवले पनि जनमत पार्टीलगायत स्वतन्त्रहरूसँग छलफल गरेर अगाडि बढ्ने बताए । तर जनमत पार्टीका प्रवक्ता बिपी साहले भने सकेसम्म आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने गरी छलफल भइरहेको बताए ।

‘एक्लै चुनाव लडेको हिसाबले हामी सबैभन्दा ठूलो पार्टी हो, त्यसैले आफ्नै नेतृत्वमा सरकार बनाउन लाग्छौँ’ साहले भने, “अन्यथा शक्ति बाँडफाँट कसरी हुन्छ त्यहीअनुसार अगाडि बढ्छौँ ।” कुन गठबन्धनमा जाने गरी कुरा भइरहेको छ भन्ने जिज्ञासामा साह भन्छन्, “हामी खुला छौँ, अरु पार्टीले औपचारिकरूपमा संवाद सुरु गरेको अवस्था छैन ।” 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै समानुपातिकको नतिजापछि यस विषयमा गम्भीर छलफल गर्ने बताए। उनले गठबन्धन बहुमतको नजिक रहेको र समानुपातिकको सङ्ख्या हेरेर रणनीति बनाउने बताए । “हामी छलफलमै छौँ । स्वतन्त्ररूपमा जित्नुभएका साथीहरू पनि सम्पर्कमै हुनुहुन्छ । त्यसैले चाँडै अन्योलता चिर्छौँ”, सोनलको भनाइ थियो ।

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ लोकतान्त्रिक–वाम गठबन्धनमा अहिले २८ र  एमाले–जसपा गठबन्धनमा २४ मत छ । यहाँ एमालेले १५, कांग्रेसले १३, माओवादी केन्द्र र एकीकृत समाजवादीले चारचार, जसपाले नौ, लोसपाले सात, जनमत पार्टी र स्वन्तन्त्र उम्मेदवारहरूले छरछ सिट जितेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी अभियन्ता पुरुषोत्तम यादव रास्वपामा, समानुपातिक उम्मेदवार बन्ने तयारी

काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने भएका छन्। सोअनुसार उनलाई पार्टीले समानुपातिक उम...

सरकारले जेनजी आन्दोलनका घाइतेलाई मासिक भत्ता प्रदान गर्ने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गत...

मौसम नखुलेपछि रवि लामिछाने भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत र त्यहाँबाट रुपन्देहीसम्म गाडीमार्फत जाने भएका छन्। बिहान...

राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेको छन् । राष्ट्रपति भवन शीतल निव...

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री  कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएको छन् । ‘भविष्यका लागि बाँसको आवास...

भैरहवाको मौसम खराब हुँदा रवि लामिछाने काठमाडौँमै रोकिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) मा रोकिएका छन्। भैरहवाको म...

गायिका सत्यकला राई रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...

कांग्रेस निर्वाचनमा जान आतुर छ, फागुन २१ मै निर्वाचन हुनुपर्छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending