पाल्पा। पाल्पाको निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने महिलालाई नगदसहित सम्मान गरेको छ। बालविवाह अन्त्य गर्दै बालमैत्री स्थानीय शासन लागू गर्ने अभियानअन्तर्गत गाउँपालिकाले २७ जना महिलालाई सम्मान गरेको हो।
गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने, कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि एक वर्षभित्र विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरूप सम्मान गरिएको हो। आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा उनीहरूलाई ५ हजार रुपियाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी, आधारभूत तह, एसइई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पनि नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ। साथै, अघिल्लो वर्ष स्नातकोत्तर तह उत्तीर्ण गर्ने एक जना महिलालाई पनि नगदसहित सम्मान गरिएको थियो।
गाउँपालिकाले २०८२ जेठ १ देखि २०८३ वैशाख ३१ सम्म कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पूरा भएपछि विवाह गर्ने महिलाहरूको विवरण वडा कार्यालयमार्फत नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रसहित माग गरेको थियो।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रा गहतराजले बालविवाह न्यूनीकरणसँगै महिलालाई शिक्षामा आकर्षित गर्न कार्यक्रमले महत्वपूर्ण योगदान दिएको बताए। उनले महिलालाई उद्यमसँग जोड्न सके कार्यक्रम अझ प्रभावकारी हुने धारणा राखे।
गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले महिलालाई शिक्षा र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार बालविवाह न्यूनीकरण अभियानसँगै २०७९ सालसम्म २७६ जोडी बालविवाह रहेकोमा चालु आर्थिक वर्षमा सात जोडीमा झरेको छ।
गाउँपालिकालाई २०८३ भित्र बालमैत्री स्थानीय शासन लागू भएको पालिका घोषणा गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले बताए।
गाउँपालिका प्रवक्ता मेखबहादुर सुनारीले बालविवाह न्यूनीकरणसँगै महिलालाई शिक्षातर्फ प्रेरित गर्न प्रोत्साहन कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे। महिला विकास शाखा प्रमुख तथा बालकल्याण अधिकारी कुसुमाकर पाण्डेले यस्तो कार्यक्रमले बालविवाह घटाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।
कार्यक्रममा निस्दी गाउँपालिकामा दर्ता भई उद्यम विकासमा सक्रिय गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थालाई पनि नगदसहित सम्मान गरिएको निस्दी गाउँपालिका स्तरीय महिला समन्वय समितिकी अध्यक्ष पुष्पा सारुले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - ११:२०
काठमाडौं । अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकह...
जेष्ठ १७ गते, २०८३ - ११:१०
काठमाडौँ। कुशल भुर्तेलको सादनार शतकमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ । ...
जेष्ठ १७ गते, २०८३ - ११:०१
काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति प्राप्त भएपछि मात्र वैदेशिक रोजगारीका लागि विदेश यात्रा गर्न श्रमिकहरूलाई अनुरोध गरेको छ। विभागले आइतबार ...
जेष्ठ १७ गते, २०८३ - १०:४३
पाल्पा। पाल्पाको निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने महिलालाई नगदसहित सम्मान गरेको छ। बालविवाह अन्त्य गर्दै ...
जेष्ठ १७ गते, २०८३ - १०:२६
महोत्तरी। महोत्तरीको गौशाला बजार बन्द गरी विभिन्न चोकहरूमा टायर बालेर आइतबार बिहानदेखि प्रदर्शन भइरहेको छ। गौशाला नगरपालिकाले कित्ता नं. ११५, ११६ र ११...
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...
जेष्ठ १६ गते, २०८३ - १३:२९
काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...
जेष्ठ १६ गते, २०८३ - १३:२२
काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...



प्रतिकृया लेख्नुहोस्: