चितवन । भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् । नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी सङ्क्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ ।
नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा सङ्क्रमण नुहुने चिकित्सकको भनाइ छ । भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा। सुनिलमणि पोखरेलले शल्यक्रियामार्फत् जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम भएको बताए ।
औषधि खाइरहेका आमाबाट बच्चामा रोग सर्ने सम्भावना अन्यको तुलनामा ९० प्रतिशत कम हुने उनको दाबी छ । तर लामो व्यथा लागेर जन्मिएका बच्चामा रोग सर्ने सम्भावना बढी हुने उनको अनुभव छ ।
एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेक्ट्रो भाइरल थेरापी (एआटी) सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सेन्टरमा पछिल्लो १० महिनामा १३ हजार ८८ गर्भवतीको एचआइभी परीक्षण गरिएको छ । जसमध्ये दुई जनामा सङ्क्रमण देखिएको थियो ।
सेन्टरमा चितवनसहित ११ जिल्लाका एचआइभी सङ्क्रमित औषधि लिन आउने गरेका छन् । तनहुँ, गोरखा, लमजुङ, धादिङ, मकवानपुर, नवलपुर, नवलपरासी, बारा, पर्सा र धादिङका सङ्क्रमितले चितवनबाट औषधिसहितको उपचार लिँदै आएका छन् । विशिष्ट खालको शल्यक्रिया, सुत्केरी र एमआरआइलगायतका उपचार सेवाका लागि यहाँ आउने गरेका छन् ।
सापकोटाका अनुसार हाल एक हजार एक सय चार जना सङ्क्रमितले औषधि सेवन गरिरहेका छन् । जसमध्ये ४५ जना बालबालिका छन् । औषधि खानेमा ४५ दिनको शिशुदेखि ८५ वर्षका वृद्धसमेत रहेका छन् ।
नियमित औषधि सेवन गर्नेको स्वास्थ्य राम्रो भएको उनको भनाइ छ । औषधि खाइरहेका सङ्क्रमितमध्ये ९७ दशमलव ६० प्रतिशतको सङ्क्रमण नसर्ने अवस्थामा पुगेको छ । एक हजार कपीभन्दा कम भइरसको सङ्ख्या भएका बिरामीबाट एचआइभी एड्स नसर्ने उनले जानकारी दिए ।
सन् २०२२ को जनवरीदेखि हालसम्म जिल्लामा २७ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । समूदायमा परीक्षण गरिएका एक सय २४ मध्ये दुई जना र एआरटी सेन्टरमा परीक्षण गरिएका एक सय ११ जनामध्ये २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस वर्ष एक सय १६ जना नयाँ सङ्क्रमितले एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) औषधि सुरु गरेका छन् । सङ्क्रमितले दैनिक एक ट्याबलेट औषधि लिनुपर्ने हुन्छ । सेन्टरले एक पटकमा अवस्था हेरी एक महिनादेखि तीन महिनासम्मका लागि औषधि दिने गरेको छ ।
जिल्लामा रहेका सङ्क्रमित महिलामध्ये ३९ को पाठेघरको क्यान्सर परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराइएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी कामको खोजीमा भारत जाने महिला र पुरुष छन् । यसैगरी यौन व्यवसायी र तिनका ग्राहक, तेस्रोलिङ्गी, यौनिक अल्पसङ्ख्यक, लागूऔषध प्रयोगकर्तामा पनि सङ्क्रमण देखिने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: