काठमाडौं । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीय प्रियङ्का साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको हो । जीपमा महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै थिए । घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको उपरीक्षक रजौरेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १०:४६
काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्...
जेष्ठ ३० गते, २०८३ - १०:२४
विराटनगर। मोरङ विराटनगर–१८, फँडानी निवासी गदी ऋषिदेवको उमेर ५० पुगे पनि नागरिकता पाएको थिएनन् । नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय पुगे। सबै काग...
जेष्ठ ३० गते, २०८३ - ०९:५६
काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुर बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय...
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...



प्रतिकृया लेख्नुहोस्: