कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सुरुआतका लागि कर्णाली प्रदेशसभाको सचिवालयले तयारी थालेको छ । प्रदशेसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रदेशसभा सचिवालयले तयारीलाई तीव्रता दिएको हो । प्रदेशसभा हल मर्मतसम्भार, रङ्गरोगन र सरसफाइको कामलाई अगाडि बढाइएको सचिवालयले जनाएको छ ।
प्रदशेसभाका भवनको मर्मतका साथै सिट प्लानिङ गर्न थालिएको सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । पुराना सांसदलाई बिदाइ र नयाँ सांसदलाई स्वागत गरिने कार्यक्रमसमेत तय गरिने बुढाथोकीले बताए । उनले पाँच वर्षसम्म भएगरेका कामको विषयमा नयाँ प्रदेशसभा सदस्यलाई जानकारी गराउने उद्देश्यले सारांश निकाल्ने तयारी भएको बताए । “यसमा पाँच वर्षको अवधिमा कति वटा र कस्ता विधेययकहरु बनेका छन्, विषयगत समितिका कामहरु कस्ता भए, बैठकहरु कति बसे भन्नेलगायत सूचनाहरु राखिन्छ”, उनले भने, “यसले गर्दा नयाँ आउने माननीयहरुलाई सहज हुन्छ ।”
त्यसैगरी भौतिक पूर्वाधार निर्माण तथा मर्मतको कामहरु पनि अघि बढेको उनले बताए । प्रदेशसभा भवन, सभामुख, उपसभामुख, दलका नेताको कार्यकक्ष, संसदीय समिति र संसदीय दलको बैठक कक्षहरुमा रङ्गरोगनका साथै फर्निसिङ र कार्पेटिङलगायत काम भइरहेका छन् ।
सचिवालयमा सभामुखसहित दलका नेताहरुले सुविधा उपभोग गर्न पाउने सवारी–साधनको मर्मत गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । संसद् बैठककक्षमा मुख्यमन्त्री, मन्त्री सत्तापक्ष, प्रतिपक्ष लगायतको कुर्सीको व्यवस्थापन गरिएको छ ।
सभामुखको दायाँतर्फ सत्तापक्षका लागि छुट्याइएको छ भने बायाँतर्फ प्रतिपक्ष दललाई बस्ने व्यवस्था मिलाइएको छ । संसद् बैठकका गतिविधि प्रत्यक्ष रुपमा हेर्न संसद्भित्र र बाहिर डिजिटल बोर्डको व्यवस्था पनि गरिएको बुढाथोकीले जानकारी दिए । संसद् बैठकका लागि यसअघि प्रयोग भइरहेका स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी मर्मतसम्भारको काम भइरहेको उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १२:३५
काठमाडौं । पूर्वमन्त्री तथा राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेस का नेताहरूले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। ...
आषाढ़ ८ गते, २०८३ - १२:२२
काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार ४०...
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...



प्रतिकृया लेख्नुहोस्: