Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा

खबरडबली संवाददाता

काठमाडौं । गोसाइँकुण्ड  धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जङ्गलमा रातो हाब्रे  (रेडपाण्डा) देखा पर्न थालेको छ । हिमपातको समय नजिकिँदै गर्दा पनि सो क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको हो । 

संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार विशेष संरक्षणअन्तर्गत निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गणको नियमित गस्ती तथा अन्य चौपाय तथा मानिसको बस्ती नभएका कारण चन्दनबारीको माथिल्ला भाग चोलाङपाटी जङ्गल क्षेत्रमा रेडपाण्डा फाट्टफुट्ट देखिन थालेको हो । 

लजालु स्वभाव रहेको रेडपाण्डाले रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइमा झर्ने संरक्षण अधिृकत भट्टराईले जानकारी दिए ।  सन् १९८७ मा वन्यजन्तु विज्ञ  डा प्रह्लाद योङ्जेनको अध्ययनले चन्दनबारी तथा चोलाङपार्टी क्षेत्रमा रेडपाण्डाको पाइने पत्ता लागेको थियो । 

यसपछि लाङटाङ राष्ट्रिय निकुञ्ज मार्फत रेडपाण्डा संरक्षण गरिँदै आइएको छ ।  गोसाइँकुण्ड तीर्थ गर्न जाने हिन्दू एवं बुद्ध धर्मावलम्बी र हिमाली प्रकृतिको छटा अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकसमेतले यात्राको क्रममा रेडपाण्डा अवलोकन गर्न सहज भएको जनाइएको छ । 

प्रमुख संरक्षण अधिकृत भट्टराईले रेडपाण्डा  संरक्षणमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending