Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

चिसो बढेपछि भेडागोठाला बेँसी झर्न थाले

खबरडबली संवाददाता

बागलुङ । “चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झ-यौँ, अरु पनि झर्छन् अब ।”

निसीखोला–६ का वीरबल घर्ती यतिबेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रतिर छन् । खालीखोला, तिलाचनलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि उनीसहितका भेडा गोठाला तल्लो क्षेत्रमा झर्न थालेका हुन् । 

केही गोठाला बेँसी झरिसकेका छन् भने उनी पनि अब केही दिनमा बेँसीमै आउने तयारीमा छन् । उनी भन्छन्, “पानी प-यो भने अब माथि मात्रै होइन यहाँ पनि हिउँ पर्छ, माथि चिसो भएपछि यहाँ झरेका हौँ, यहाँ पनि चिसो बढ्दै छ, अब बेँसीमै झर्ने हो, अब एक सातामा तलै झर्छौं, भेडाका पाठा कठ्याङ्ग्रिन थाले, तल नझरे मर्छन् फेरि, गाउँमा गोठ बनाएर तयार बनाई सक्न लागे छन् ।”

उनको गोठमा अहिले चार सयभन्दा बढी भेडा र पाठापाठी छन् । उनले मङ्सिर पहिलो साता झण्डै दुई सय भेडा बेचेको बताउछन् । “मङ्सिर महिनामा धेरैको पूजाआजा हुन्छ, यो बेलामा भेडाको खोजी निकै हुने गर्छ, यसपालि तीन जना भएर बजारतिर गएका थियौँ, तिहार सकाएर गएको व्यापार राम्रो भयो, अलि कति दुःख छ, तर पैसा पनि छ यो व्यवसायमा”, किसान घर्तीले भने ।

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका अधिकांश स्थानीय पशुपालनमा आबद्ध छन् । त्यसले गर्दा उनीहरु वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । बर्सातको समय लेक र हिउँदको समय बेँसी गर्ने उनीहरुको परम्पराजस्तै हो । तमानखोला भेडापालक कृषक मीनबहादुर रोका पनि यति बेला बेँसीतिर झरेका छन् । उनले अब चैत पहिलो हप्ता मात्रै लेक चड्ने बताउछन् ।

“हामीहरु यहाँबाट म्याग्दी हुँदै धौलागिरि हिमालको फेदसम्म भेडा लिएर जान्छौँ, अहिले त त्यो क्षेत्रमा हिउँ परेको छ, त्यहाँ बस्न सकिन्न भेडाबाख्रा राख्न पनि सकिन्छ, दुई हप्ता जति हुन लाग्यो हामी बेँसी झरेको केही दिन सोलेडाँडामा बस्यौँ,” उनले भने, “अब चैत महिनासम्म यहीँ हुन्छौँ, डाला घाँस काटेर खुवाउनु पर्छ यो समय, चिसोमा लेकमा बस्न सकिँदैन ।”

उनले पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै हुने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कहरुमा जाने बताए । अहिलेसम्म लेकमा बस्दा घाँस पनि सकिएको र गाउँका बारीमा डालेघाँस हुँदा दुई महिना भेडालाई डालेघाँस खुवाएर पाल्ने रोकाको भनाइ छ । 

किसान रोकाले भने, “चिसो भनेर के गर्नु घरमा बसेर पशु अघाउँदैनन्, लेकबेँसी त गर्न प¥यो, नत्र भेडा भोकले मर्छन्, भेडागाठालेलाई दुःख छ, घामपानी, वर्षा झरी भन्न पाइँदैन, यी सम्पत्तिले खान खोज्छन्, मैले भेडासँग लेकबेँसी गर्न थालेको ४३ वर्ष भयो, अहिले म ५४ वर्ष भएँ, ११ वर्षको उमेरदेखि भेडा गोठालो गर्न थालेको हुँ ।”

ढोरपाटन–९ का गङ्गाबहादुर पुनले ढोरपाटनको माथिल्लो क्षेत्रमा चिसो ह्वात्तै बढेको बताए । चिसो बढेपछि सबै भेडागोठाले तल्लो क्षेत्रमा झरेको पुनको भनाइ छ । उनले पानी नपरे पनि गोठनै पुरिने गरी तुसारे परेपछि भेडापालक बेँसी झरेको बताउछन् ।

“अहिले छिट्टै चिसो बढ्यो, पहिले पुस लाग्दा बल्ल गाउँ झरिन्थ्यो, अहिले पुस लाग्न १०÷१२ दिन छँदै सबै गोठाला बेँसी झरिसकेका छन्, चिसोले भेडा बिरामी पर्न थाले, गोठाला पनि बिरामी हुन लागेपछि हामीहर सबै तल आएका छौँ”, उनले भने, “अहिले ढोरपाटनमा भएका पनि एक पटक पानी प¥यो भने सबै बोबाङ, अधिकारीचौर निसी झर्छन् ।”  

किसान पुनले पछिल्लो समय भेडी गोठालेको सङ्ख्या घट्दै गएको बताए । उनले पहिले एउटै गाउँका २०÷२० घरमा भेडा पाल्ने गरेकोमा अहिले १० घरले मात्रै पाल्दै आएको बताछन् । भेडापालनका लागि पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ता यो व्यवसायतिर नलाग्दा भेडा गोठाले बर्सेनि घट्दै गएको उनको भनाइ छ ।

“पहिले–पहिले गाउँका धेरै मान्छेहरुले भेडा र गाईभैँसी पाल्ने गर्थे, लेकतिर जाँदा पनि रमाइलो हुन्थ्यो, सबै एकै पटक जान्थ्यौँ, नजिक नजिक गोठ बनाएर बस्ने गथ्र्यौं, अहिले हरेक वर्ष गोठाला घट्दै गएका छन्”, किसान पुनले भने, “पुराना बूढापाका नसक्ने भए, युवा केटाहरु सहर बजार बस्ने विदेशतिर जाने गर्न थालेपछि भेडा पाल्ने कम भएका छन् ।”

उनले अरु व्यवसायको तुलनामा भेडापालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवा गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने बताए । भेडापालनबाट एक वर्षमा न्यूनतम रु चार लाखसम्म आम्दानी हुने उनको भनाइ छ । उहाँले भेडाको मासु मात्रै नभएर उनबाट बनेका कपडाको समेत राम्रो मूल्य पर्ने बताए ।

“भेडापालन गरे त धेरै फाइदा छ, दुःख त कुन पेसा गर्दा हुँदैन र ?, सबै पेसा व्यवसायमा परिश्रम गर्नुपर्छ, केही पेसामा अलि बढी होला केहीमा कम, तर दुःख त हुन्छ जहाँ पनि, भेडा पाल्ने हो भने दुईतिरबाट लाभ लिन सकिन्छ, मासु पनि राम्रो मूल्यमा बिक्छ, अझ बढी त्यसको रौँबाट बनेका कपडाको पर्छ, नेपालमा मात्रै होइन विदेशमा पनि रौँको कपडाको मूल्य बढी पर्छ”, उनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending