दिल्ली । दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ ।
स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा हार बेहोरेको हो ।
हाल दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी)को निर्वाचनमा बहुमत सीटमा विजयी भएको छ । यद्यपि पूर्ण नतिजा भने घोषणा भइसकेको छैन ।
कूल २५० सदस्यीय एमसीडी सदनमा आम आदमी पार्टीले १३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १०४ वडामा विजय हासिल गरेका छन् ।
एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले चाँडै नै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो एक महिनामा राष्ट्रिय राजधानीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिवद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहोरका थुप्राहरू हटाउने प्रयासहरूसहित दिल्लीलाई स्वच्छ र सफा शहर बनाउने रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...
फाल्गुन २२ गते, २०८२ - १७:१३
रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - १७:०७
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...
फाल्गुन २२ गते, २०८२ - १६:५५
धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...
फाल्गुन २२ गते, २०८२ - १६:४७
गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...
फाल्गुन २२ गते, २०८२ - १६:४०
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...
फाल्गुन २२ गते, २०८२ - १६:२९
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...



प्रतिकृया लेख्नुहोस्: