Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति उपराष्ट्रपतिको चिन्ता

खबरडबली संवाददाता
काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार प्रवद्र्धन गर्ने सरकारको प्रयासका बाबजुद पनि मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति चिन्ता व्यक्त गरेको छन् । 
राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा आज यहाँ आयोजित ‘१४औँ मानव अधिकार राष्ट्रिय भेला–२०७९’ को उद्घाटन गर्दै उहाँले जनताले पूर्ण मानव अधिकार पाएको महसुस गर्न नसकिरहेको बताए । 
 
“मानव अधिकार सबैका लागि हो । वास्तविक अर्थमा मानव अधिकार आवाजविहीन, शोषित, उत्पीडित, सीमान्तकृत र राज्यले पछाडि पारेका जाति र वर्गका लागि हो”, उनले भने, “मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतिका लागि हो ।” मानव अधिकारको सम्मान, संरक्षण र पूर्णपालन अनिवार्य भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारको प्रत्याभूतिका लागि कानूनी व्यवस्थालाई पूर्णरूपमा लागू गर्न आवश्यक रहेको बताए। 
 
नेपाल सरकारले मानव अधिकारप्रति पूर्ण प्रतिबद्धता जनाएको र मानव अधिकार सुनिश्चितता सदैव नेपालको उच्च प्राथमिकतामा रहिआएको जनाउँदै उनले मानव अधिकारका लागि नेपालमा बहुआयामिक कार्य हुँदै आएको स्मरण गरे। “मानव अधिकार कार्यान्वयनका लागि राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारसम्बन्धी सङ्घसंस्थाले आआफ्ना प्रयास जारी राखेका छन्”, उनले भने, “मानव अधिकार प्रत्याभूत गर्न गरिरहेको कार्यका लागि राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थालाई धन्यवाद दिन चाहन्छु ।”
 
नेपालको संविधानले नागरिकका थुप्रै मौलिक हकअधिकारको सुनिश्चितता गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले मानव अधिकारका रूपमा रहेका मौलिक हकको कार्यान्वयन गर्न सबै पक्षको ध्यानाकृष्ट गराए । “विश्वका मानवले पाउने आधारभूत सामाजिक, आर्थिक, नागरिक हक तथा स्वतन्त्रता नै मानव अधिकार हो । मानिसको भाषिक, धार्मिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षाको अधिकार, हिँड्डुल, स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार, आर्थिक, सामाजिक, श्रम तथा रोजगार जस्ता सबै अधिकार मानव अधिकार हुन्”, उनले भने । 
 
मानव अधिकारको प्रयोगका रूपमा नागरिकले आगामी पाँच वर्षका लागि मत दिएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले निर्वाचनमा सहभागी भएर मताधिकारको प्रयोग गरेकोमा आम मतदातालाई बधाई दिनुभयो । निर्वाचनको पूर्ण परिणामसँगै सङ्घ तथा सात प्रदेशमा सरकार बन्ने र ती सरकारले देशको विकास र समृद्धिका लागि नेतृत्व गर्ने उनको विश्वास छ । 
 
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आप्रवासी नेपालीलाई गन्तव्य मुलुकमा मानव अधिकारको प्रत्याभूति दिलाउन सम्बन्धित मुलुकका मानव अधिकारवादी संस्थासँग समन्वय गरिरहेको बताए । “मानव अधिकारको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा आयोग लागि परेको छ”, उनले भने। 
 
कार्यक्रममा ‘मानव अधिकार र शान्तिका निम्ति पद्मरत्न तुलाधर सम्मान’ पहिचानवादी आन्दोलनका अगुवा मल्ल के सुन्दरलाई प्रदान गरिएको थियो । यस्तै ‘१४औँ राष्ट्रिय मानव अधिकार महाभेला सम्मान’ आप्रवासी श्रमिकको मानव अधिकार पैरवीमा अहोरात्र खटिनुभएका डा गणेश गुरुङलाई प्रदान गरिएको थियो । 
 
सो अवसरमा मानव अधिकार प्रवद्र्धनमा योगदान पु¥याउने व्यक्तित्व चरण प्रसाईं, गौरी प्रधान, शान्तलाल मुल्मी, डा गोपाकृष्ण शिवाकोटी, भवानीप्रसाद खरेल, डा सुन्दर थापा, कृष्ण सुवेदी, जीतराम लामा, प्रदीप पोखरेल, गणेश विक, शान्तलक्ष्मी श्रेष्ठ, नरेन्द्र खतिवडालगायतलाई सम्मान गरिएको थियो । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज काठमाडौंको यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत प...

संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट

काठमाडौँ । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन । संसद्ले जनहितका काम गर्नुपर्छ । संसद् र सांसदका  कामबाट जनता निरा...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।  उपप्रधानमन्त्री एवं गृहम...

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, १० घाइते

पाल्पा। पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० ज...

इरानी समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका

तेहरान। इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमाण्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ।  काल्सो सैन्य...

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो- तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न ...

गण्डकी प्रदेशको संसद् बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए , कांग्रेस र राप्रपाका...

सुप्रिम सहकारी ठगी प्रकरण: गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार थुन...

संकल्प प्रस्ताव संबिधान विपरित छ, म संबिधानको धारा अनुसार हिड्छुः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संबिधान अनुसार नभएको बताएका छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्...

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट ह...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies