मंसिर २२ गते, २०७९ बिहिवार 8th December, 2022 Thu२०:१४:४४ मा प्रकाशित
खबरडबली संवाददाता
भैरहवा । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ । मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो ।
रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै जाँचका क्रममा शङ्का आधारमा भन्सारबाट पास भएर आएको भारतीय नम्बर प्लेटको ट्रक ‘युपी ५६ टि २७८५’लाई रोकेको थियो ।
ट्रकमा कुनै पनि प्रकारको लेवल नरहेको पाँच सय सेतो बोरामा पहिचान नभएको वस्तु (डिएपी मल जस्तै देखिने) वस्तु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी बेद पौडेलले जानकारी दिनुभयो । ट्रकमा‘भूमि शक्ति’ लेखेको चार सय ५० थान खाली नयाँ बोरा पनि बरामद भएको उहाँको भनाइ छ ।
मल अभाव भइरहेको अवस्थामा भैरहवा तथा यसआसपासमा भारतीय बोरामा नक्कली मल बिक्रीवितरण भइरहेको रुपन्देही प्रहरीलाई उजुरी आएको थियो ।
“कमसल खालकोमल बिक्रेताले उच्च मूल्य लिइ बिक्री गर्दै आएको सूचना आएको थियो”, पौडेलले भने, “बरामद भएको समान शङ्कास्पद मल जस्तै देखिएको छ ।” उहाँले बरामद भएको वस्तुको नमूना कृषि ज्ञानकेन्द्र भैरहवाको सहयोगमा प्रदेशस्तरीय कृषि प्रयोगशालामा पठाइएको जानकारी दिनुभयो । “हामी अहिले यसबारे अनुसन्धानकै क्रममा छौँ”, उहाँले भन्नुभयो, “प्रयोगशालाबाट आएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्छ ।”
केही नलेखिएका सेतो रङ्गका बोरा र त्यसभित्र भेटिएको खैरो र कालो रङ्गको पहिचान नभएको वस्तु रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुयो । ‘जिप्सम ग्रयानुअल्स’ भनेको मल हो भने कृषि मन्त्रालयले सोको आयात गर्न स्वीकृति दिएको वा नदिएको खुल्न सकेको छैन”, उहाँले भन्नुभयो, “आयातकर्ताले कहिले घर बनाउने जिप्सन बोर्डको कच्चा पदार्थ त कहिले रासायनिक मल भनेपछि बरामद गरिएको हो ।”
प्रज्ञापन नम्बर एम ११५७८९ बाट भन्सार पास भएको उक्त वस्तु भारत नौतनवाको श्रीवास्तव ट्रान्सपोर्टले पठाएको हो । नेपालमा ओम गङ्गा ट्रेडर्स एण्ड सप्लायर्स बेलहियामार्फत आयात भएको समानको क्लियरिङ सञ्जय क्लियरिङ एजेन्टबाट भएको छ ।
प्रतिबोरा रु एक सय ५० मूल्याङ्कन गरी भैरहवा भन्सार कार्यालयले पाँच प्रतिशत भन्सार शुल्क र मूल्य अभिवृद्धि करसहित रु २५ हजार पाँच सय ३८ राजस्व असुल गरेको छ ।
भैरहवा भन्सार कार्यालयले उक्त वस्तु ‘जिप्सम ग्रयानुअल्स’ भन्दै ग्रीन च्यानलबाट जाँचपास गरेको छ । भन्सारमा ग्रीन च्यानल, एल्लो च्यानल र रेड च्यानलबाट समान जाँचपास हुन्छ । ग्रीन च्यानलको अर्थ आयात गरिने सामान र त्यससँग सम्बन्धित कागजात पनि हेर्न आवश्यक नरहेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण ढुङ्गानाले बताउनुभयो ।
“ग्राहकको स्वघोषणाका आधारमा राजस्व लिइन्छ”, ढुङ्गानाले भने, “यस्तो अवस्थामा ट्रकमा के सामग्री छ ? र लेबल छ वा छैन भन्नेबारे जाँच गर्नुपर्दैन ।” भन्सारबाट पास भएको सामानलाई प्रहरीले रोक्ने अधिकार नरहेको भन्सार अधिकृत ढुङ्गानाको दाबी छ । उहाँले प्रहरीले रोके पनि त्यसलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान वा भन्सार कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहे पनि प्रहरी आफैँ अनुसन्धान गरेको जिकिर गरे
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।...
काठमाडौँ । मानव र समग्र प्राणी जगत्को अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको महाभेला आजदेखि संयुक्त अरब इमिर...
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएको छन् । दलित महिला केन्द्र नेप...
काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कु...
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन ...
प्रतिकृया लेख्नुहोस्: