काठमाडौं । विश्वकीर्तिमानी फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो देश पोर्चुगलप्रतिको आफ्नो समर्पण परिवर्तन नभएको बताएका छन् ।
कतार विश्वकपमा क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि फेसबुकमा लामो स्टाटस लेख्दै उनले विश्वकप जित्नु आफ्नो करिअरको महत्वाकांक्षा रहेको बताए।
उनले आफूले थुप्रै अन्तर्राष्ट्रिय आयामहरुमा कीर्तिमान कायम गरेको भए पनि पोर्चुगललाई विश्वकप विजेता बनाउनु आफ्नो सपना रहेको उल्लेख गरेका छन् ।
वितेका १६ वर्षमा पाँच पटक विश्वकप खेल खेलेका उनले आफूले देशको निम्ति देखेको सपनालाई कहिल्यै नत्यागेको बताए ।
उनले आफ्नो त्यो सपनाको हिजो दुःखद अन्त्य भएको तर आक्रोशित प्रतिक्रिया दिनु उचित नहुने बताए ।
‘यसबारेमा धेरै भनिएको छ, लेखिएको छ, अनुमान गरिएको छ, तर पोर्चुगलका लागि मेरो समर्पण परिवर्तन भएको छैन’, रोनाल्डोले लेखेका छन्, ‘अहिलेलाई धेरै भन्नु केही छैन, धन्यवाद पोर्चुगल, धन्यवाद कतार । लामो समयसम्मको सपना राम्रो थियो । आशा गरौं कि परिस्थिति सबैको असल मार्गदर्शक हुनेछ र हरेकलाई आफ्नो सपना पूरा गर्ने अनुमति दिनेछ ।’
पोर्चुगलले शनिबार भएको क्वाटफाइनलमा मोरक्कोसँग पराजय भोगेको थियो । उक्त खेलमा पोर्चुगलका कोचले रोनाल्डोलाई हाफ टाइमपछि मात्रै खेलाएको थिए । जसको अहिले विश्वव्यापी आलोचना भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - ०९:२३
दाङ । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ । सो राष्ट्रिय निकुञ्जभित्र पर्ने ब...
फाल्गुन १४ गते, २०८२ - ०९:२२
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेत...
फाल्गुन १४ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन् । स्वास्थ्य उपचारका लागि बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट...
फाल्गुन १४ गते, २०८२ - ०८:२८
चुनावमा कमजोर नतिजा आए विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठ्न सक्छ
फाल्गुन १४ गते, २०८२ - ०८:१३
दोधारा चाँदनी । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ । वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधार...
फाल्गुन १४ गते, २०८२ - ०८:०९
सुर्खेत । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णा...
फाल्गुन १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१...
फाल्गुन १४ गते, २०८२ - ०७:२३
कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पाल...
फाल्गुन १४ गते, २०८२ - ०७:२१
मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहा...



प्रतिकृया लेख्नुहोस्: