सियोल । दक्षिण कोरियामा पछिल्लो समय विवाहमा ढिलासुस्ती हुने क्रम बढेसँगै नवविवाहित दम्पतीमा गिरावट आएको यहाँको सरकारी कार्यालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
कोरियाली तथ्याङ्क कार्यालयका अनुसार सन् २०२१ को नोभेम्बर १ सम्म पाँच वर्षको अवधिमा कानुनी रूपमा विवाह गरेका दम्पतीको सङ्ख्या ११ लाख एक हजार रहेको छ । नवविवाहितको यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत अर्थात् ८२ हजारले कम हो ।
सन् २०१५ देखि यस सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो सङ्ख्या सबैभन्दा कम हो ।
धेरैजसो युवाहरूले आवासको बढ्दो मूल्य र युवाहरूका लागि उच्च बेरोजगारीजस्ता आर्थिक कठिनाइहरूको कारण विवाह गर्न छोडेको वा ढिलाइ गरेको बताइएको छ ।
पाँच वर्षको अवधिमा पहिलो पटक विवाह बन्धनमा बाँधिएका दम्पतीको सङ्ख्या गत वर्ष आठ लाख ७१ हजार अर्थात् कूल विवाहको ७९.१ प्रतिशत थियो भने दोस्रो विवाह गर्नेको सङ्ख्या दुई लाख २७ हजार अर्थात् २०.६ प्रतिशत रहेको थियो ।
पहिलो पटक विवाह गरेका दम्पतीमध्ये ४५.८ प्रतिशतले सन् २०२१ मा बच्चा जन्माएका छैनन् । यो अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढी हो ।
सन् २०२१ मा नवविवाहित जोडीबाट जन्मिएका शिशुको औसत सङ्ख्या अघिल्लो वर्षको ०.६८ बाट घटेर ०.६६ मा झरेको छ ।
नवविवाहित जोडीमध्ये ५०.४ प्रतिशत दोहोरो आय भएका दम्पतीले बच्चा जन्माएका छैनन् भने एकल आय भएका दम्पतीमध्ये ३९. प्रतिशतले बच्चा जन्माएका छन् ।
घरको स्वामित्वको कुरा गर्ने हो भने आफ्नै घर भएका ५९.९ प्रतिशत नवविवाहित दम्पतीले बच्चा जन्माएका छन्, जुन घर नभएका नवविवाहित दम्पतीको सङ्ख्याभन्दा बढी हो अर्थात् घर नभएका ५०.१ प्रतिशत दम्पतीले बच्चा जन्माएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: