Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

दक्षिण कोरियाली नवविवाहितको सङ्ख्यामा कमी

खबरडबली संवाददाता

सियोल । दक्षिण कोरियामा पछिल्लो समय विवाहमा ढिलासुस्ती हुने क्रम बढेसँगै नवविवाहित दम्पतीमा गिरावट आएको यहाँको सरकारी कार्यालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार सन् २०२१ को नोभेम्बर १ सम्म पाँच वर्षको अवधिमा कानुनी रूपमा विवाह गरेका दम्पतीको सङ्ख्या ११ लाख एक हजार रहेको छ । नवविवाहितको यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत अर्थात् ८२ हजारले कम हो ।

सन् २०१५ देखि यस सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो सङ्ख्या सबैभन्दा कम हो ।

धेरैजसो युवाहरूले आवासको बढ्दो मूल्य र युवाहरूका लागि उच्च बेरोजगारीजस्ता आर्थिक कठिनाइहरूको कारण विवाह गर्न छोडेको वा ढिलाइ गरेको बताइएको छ । 

पाँच वर्षको अवधिमा पहिलो पटक विवाह बन्धनमा बाँधिएका दम्पतीको सङ्ख्या गत वर्ष आठ लाख ७१ हजार अर्थात् कूल विवाहको ७९.१ प्रतिशत थियो भने दोस्रो विवाह गर्नेको सङ्ख्या दुई लाख २७ हजार अर्थात् २०.६ प्रतिशत रहेको थियो ।

पहिलो पटक विवाह गरेका दम्पतीमध्ये ४५.८ प्रतिशतले सन् २०२१ मा बच्चा जन्माएका छैनन् । यो अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढी हो । 

सन् २०२१ मा नवविवाहित जोडीबाट जन्मिएका शिशुको औसत सङ्ख्या अघिल्लो वर्षको ०.६८ बाट घटेर ०.६६ मा झरेको छ ।

नवविवाहित जोडीमध्ये ५०.४ प्रतिशत दोहोरो आय भएका दम्पतीले बच्चा जन्माएका छैनन् भने एकल आय भएका दम्पतीमध्ये ३९. प्रतिशतले बच्चा जन्माएका छन् ।

घरको स्वामित्वको कुरा गर्ने हो भने आफ्नै घर भएका ५९.९ प्रतिशत नवविवाहित दम्पतीले बच्चा जन्माएका छन्, जुन घर नभएका नवविवाहित दम्पतीको सङ्ख्याभन्दा बढी हो अर्थात् घर नभएका ५०.१ प्रतिशत दम्पतीले बच्चा जन्माएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending