Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने भएको छः प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध मिलाई उत्पादित जनशक्तिलाई देशभित्रै टिकाउने र रोजगारीको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्ने बताएको छन् ।

काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा आज उहाँले गुणस्तरीय उच्च शिक्षाको खोजीमा हजारौँ विद्यार्थी दिनहुँ विदेशिने गरेको प्रसङ्ग उल्लेख गर्दै सो कुरा बताएको हो । यसले एकातिर मुलुकलाई चाहिने प्रतिभाशाली र मेधावी जनशक्ति पलायन भइरहेको छ भने अर्कातिर शिक्षाको लागि बर्सेनि अर्बौँ डलर मुलुकबाट बाहिरिने गरेको उहाँको भनाइ थियो ।

यस सन्दर्भमा काठमाडौँ विश्वविद्यालयले केही हदसम्म विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई स्वदेशमा उनीहरूले पढ्न चाहेको विषयमा गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्ने अवसर मिलाई प्रतिभा पलायन हुनबाट रोकिरहेकामा उनले प्रशंसा गरे । साथै उनले विदेशी विद्यार्थीहरूलाई समेत आकर्षित गरी विश्व शैक्षिक रङ्गमञ्चमा नेपाललाई चिनाउन सहयोग पु¥याइरहेको बताउँदै विश्वविद्यालय परिवारलाई धन्यवाद दिए ।

प्रधानमन्त्री देउवाले भने, “यस विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरूलाई स्वदेश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आगामी दिनमा थप गुणस्तरीय र विश्वसनीय बनाउँदै जानेछ भन्ने मैले अपेक्षा लिएको छु ।”

उनले यस विश्वविद्यालयले विगत तीन दशकदेखि मुलुकमा गुणस्तरीय, व्यावहारिक तथा प्राविधिक उच्च शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक, सामाजिक विकासमा  योगदान पु¥याउँदै आएको बताए। “यस विश्विद्यालयबाट उत्पादित र दीक्षित गुणस्तरीय जनशक्तिले देशभित्र मात्र होइन विदेशमा समेत विभिन्न महत्वपूर्ण संस्थाहरूमा आबद्ध भई उत्कृष्ट सेवा पु¥याउँदै आएको छ, जुन हामी सबैका लागि गर्वको विषय हो”, प्रधानमन्त्री देउवाले भने ।

विश्वविद्यालय भनेको विद्यार्थीहरूमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उनीहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उद्घाटित गरी समाज र देशको हितका लागि उपयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र भएको बताउँदै उनले विश्वविद्यालय राजनीतिक होडबाजीबाट मुक्त रही स्वतन्त्र तवरमा प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने सुझाव दिए। विश्वविद्यालय अनुसन्धान र नवप्रवर्तनको संवाहक बन्न सक्नुपर्ने उल्लेख गर्दै उनले त्यसमा काठमाडौँ विश्वविद्यालय देशकै उत्कृष्ट र गुणस्तरीय  विश्वविद्यालयको सूचीमा अग्रपङ्क्तिमा रहेकामा खुसी व्यक्त गरे।

प्रधानमन्त्री देउवाले विश्वविद्यालयले परम्परागत विषयका साथै मुलुकभित्र लुकेर रहेका खनिज पदार्थको पहिचान र विकास, ग्रिन हाइड्रोजन उत्पादन, जलविद्युत्को स्तरीय उत्पादन, वातावरणमैत्री सहर व्यवस्थापन, वनौषधीय जडीबुटीको खोज, अनुसन्धान र प्रवद्र्धन, जलवायु परिवर्तन न्यूनीकरणलगायतका विषयमा पनि शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ध्यान दिनेछ भन्ने अपेक्षा लिए।

मुलुकमा भर्खरै मात्र प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि चुनाव सम्पन्न भई नयाँ सरकार निर्माण हुने चरणमा रहेको उल्लेख गर्दै उनले नयाँ सरकारले मुलुकको उच्च शिक्षाको विकास र विस्तारका लागि विभिन्न नीति र कार्यक्रमहरू कार्यान्वयनमा ल्याउने र त्यस क्रममा यो विश्वविद्यालय पनि लाभान्वित हुने विश्वास दिलाए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु

सिरहा। सिरहाको अर्नमा गाउँपालिमा जग्गाको बिषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहारगर्दा एक जनाको मृत्यु भएको छ। अर्नमा २ ब्रहमपुरिका करिव ५५ ...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’

रुपन्देही । प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्...

संसद् अवरोध जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको...

पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी, तीनजना विदेशी महिला पक्राउ

काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्...

प्रधानमन्त्रीको ब्रिफिङ: कांग्रेसले संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिन्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताएका छन् ।  विहिबार बसेको मन्त्रिपरिषद्को बैठकम...

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अन...

खाँदवारी नगरपालिकाको न्यायिक समिति, काठमाडौँ महानगरको अध्ययन अवलोकनमा

काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताएकी छन...

एकीकृत समाजवादीद्वारा श्रम आयोग गठनको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अनौपचारिक क्षेत्रका श्रमजीवीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न श्रम ...

सिप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ । वैशाख १९ गते ...

चितवनमा जङ्गली जनावरको आक्रमणबाट सात जनाको मृत्यु

चितवन । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies