यसअघि फ्रान्सले समूह चरणमा डेनमार्क र अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियाको सामना गर्दा पनि रेफ्रीको भूमिकामा थिए
एजेन्सी: अर्जेन्टिना र फ्रान्स आइतबार राति विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लगातार दोस्रो पटक फाइनलमा पुगेको टोली फ्रान्स र आठ वर्षपछि फाइनलमा पुगेको टोली अर्जेन्टिनामध्ये जुनसुकै टोलीले उपाधि जिते पनि त्यो उनीहरूको तेस्रो उपाधि हुनेछ।
यसबीच फिफाले फाइनल खेलको लागि रेफ्री तय गरी सार्वजनिक गरेको छ। जसअनुसार फाइनल खेलाउने जिम्मा पोल्याण्डका रेफ्री साइमोन मार्सिनियाकले पाएका छन्।
विश्वकपको फाइनल खेलाउने जिम्मेवारी पाउने उनी एक्ला पोलिस हुन्। उनको राष्ट्र पोल्याण्ड यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ। अर्जेन्टिनाले नै समूह चरणमा हराएको थियो भने फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई पराजित गरेको थियो।
विश्वकपका मुख्य रेफ्री पियरलुइगी कोलिनाले उनलाई फाइनलका लागि चयन गरेका हुन्। उनी यसअघि फ्रान्सले समूह चरणमा डेनमार्क र अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियाको सामना गर्दा पनि रेफ्रीको भूमिकामा थिए। त्यसबेलाको उनको प्रदर्शन मन पराएर कोलिनाले उनलाई ठूलो जिम्मेवारी दिएको बताइएको छ।
४१ वर्षीय उनको सहयोगीका रूपमा पावेल सोकोल्निकी र तोमाज लिस्किविच हुनेछन्। उनीसँग यूईएफए च्याम्पियन्स लिग खेलाएको अनुभव छ भने सन् २०१६ को युरो कप पनि खेलाएका थिए। यस्तै सन् २०१८ को यूईएफए सुपर कप फाइनल खेल पनि खेलाएका थिए।
तेस्रो स्थानका लागि हुने क्रोएसिया र मोरक्कोबीचको खेल भने कतारका अब्दुलरहमान अल जासिमले खेलाउने छन्। यो खेल शनिबार हुनेछ।
३५ वर्षीय जासिमले अमेरिका र वेल्सबीचको खेल खेलाएका थिए।
कतारको लुसेल रङ्गशालामा हुने खेल नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ।
(उकेराबाट साभार)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: