काठमाण्डौ । बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी हुँदैन भन्ने अभिव्यक्ति दिएपछि काठमाण्डौँ २ की सांसद सोविता गौतमको सर्वत्र आलोचना भईरहेको छ ।
गौतमले एउटा भिडियो अन्तवार्तामा बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी गर्दैन, पुनस्थापना पनि सहज छ । भन्ने अभिव्यक्ति दिएकी छन् ।
यसप्रति महिला अधिकारकर्मी एंव सर्वसाधारण सम्मले विरोध जनाएका छन् । युवा नेतृबाट आएको उक्त अभिव्यक्तिको सर्वत्र आलोचना आउने क्रम जारी छ ।
बलात्कारका नाममा डलर ल्याउने जस्ता बिषय पनि गौतमले उठाएकी छन् ।
उनको यो अभिव्यक्तिपछि राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य एवं महिला अधिकारकर्मी मोहना अन्सारीले भनेकी छन्, ‘बलात्कार सामान्य हो तर खुट्टा काटिनु ठूलै रहेछ । बलात्कृतको शरीर सद्दे हुन्छ र बलात्कार हुनु सामान्य हो भन्ने सासंद केही दिनमा संसद् प्रवेश गर्दै छिन्। सोच्नुस् कस्तो भविष्य हुने छ बालिकाको ? न्यायको माग गर्नु डलर ल्याउनु रहेछ ’
त्यसै गरी अमृता लम्सालले पनि भिडियो शेयर गर्दै भ्रम चिर्ने भिडिओ त यता पो भेटेँ। तपाईंको बुझाई देखेर निःशब्द भएँ।’भनेर लेखेकी छन् ।
यसै गरी आभाले सामाजिक सञ्जालमा बलात्कारलाई सामान्य भनेकामा एउटा आशा लाग्दो युवाको अपराधप्रति यस्तो दृष्टिकोण भन्दै आलोचना गरेकी छन् ।
तेस्तै माओवादी केन्द्रका स्थाई कमिटी सदस्य लेखनाथ सविताको उक्त भिडियो सेयर गर्दै भनेका छन् –‘पढेका युवा भनेर मात्रै कहाँ हुन्छ र ? दृष्टिकोण नै खोटीरगलत भएपछि हात/खुट्टा काटिनुभन्दा बलतकृत हुनु सही, यसले केही क्षति पुर्याउँदैन रे ? ! छि…. ‘
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८१ - १७:२८
काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
प्रतिकृया लेख्नुहोस्: