Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

दुई केन्दीय सदस्य र मेयरलाई गर्न काभ्रे कांग्रेसको सिफारिश

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र एक प्रतिनिधिसभा सभापतिलाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि बागमती प्रदेश र केन्द्रमा सिफारिस गरेको छ।

केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधिसभा २ का सभापति एवं पाँचखाल नगरपालिका मेयर महेश खरेललाई कारबाहीको सिफारिस गरेको हो।

शनिबार बसेको जिल्ला कार्यसमिति काभ्रेको बैठकले उनीहरू तीनजनालाई संघ र प्रदेश निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाहीको लागि सिफारिस गरेको कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए।

‘प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घात गरेकाले दुई केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्रीय सभापतिलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गर्दै काभ्रे सभापति लामाले विज्ञप्ति जारी गरेका छन् ।

निर्वाचनमा पार्टी तथा गठबन्धनका साझा उम्मेदवारलाई हराउनका लागि भूमिका खेलेको जिल्लाको आरोप छ। त्यस्तै, जिल्ला कार्यसमितिको बैठकले कम मत आएको पालिकामा सम्बन्धित पालिका समितिले स्पष्टीकरण सोध्न सक्ने निर्णय पनि गरेको सभापति लामाले बताए।

प्रतिनिधिसभा २ मा कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई नेकपा एमाले उम्मेदवार गोकुल बाँस्कोटाले पराजित गरेका थिए।

जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा २ को प्रदेश सभा ख मा विजयी उम्मेदवार कन्चनचन्द्र बादे र प्रतिनिधिसभाका उम्मेदवार शिव हुमगाईंबीचको मत अन्तर कम हुनुको कारणबारे समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको जिल्ला सचिव गुणराज मोक्तानले जानकारी दिए।

केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले कारबाहीको विषयमा आफूलाई थाहा नभएको बताए।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending