Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८० शुक्रबार | 1st December, 2023 Fri

प्राज्ञलाई चुनौती दिँदै नाट्य संगीतका कर्मचारीले गरे साँस्कृति कार्यक्रम

खबरडबली संवाददाता

काठमाडौं । विभिन्न कलाकारले आफ्ना चर्चित गीतहरु सुनाएर दर्शकको मन जितेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघले प्रतिष्ठानकै नक्साल स्थित भवनमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा कलाकारहरुले आफ्नो गीत सुनाएर प्राज्ञहरु तथा कर्मचारीको मन जितेका हुन् । प्राज्ञहरुले ठुलो बजेटमा साँस्कृतिक कार्यक्रम गर्दै आएको बेला कर्मचारीहरुले आफैंले पैसा उठाएर साँस्कृतिक कार्यक्रम गर्दै प्राज्ञहरुलाई उदाहरण देखाएका छन् ।
कार्यक्रममा गायक विपिन घिमिरे र गायिका शिला बिष्टले देउडा देखि आधुनिक भाका सुनाए । उनीहरुले युगल रुपमा दुई वटा गीत प्रस्तुत गरेका थिए । यस्तै गायक शिशिर योगीले सारँगी त..सहित अन्य गीत प्रस्तुत गरेर दर्शकको मन जिते ।
यस्तै लोक गायक बिमलराज क्षत्रीले बुट्टे रुमाल गीत गाउँद दर्शकले तालीले साथ दिए । उनले कार्यक्रममा अन्य गीत पनि प्रस्तुत गरेका थिए । यस्तै सो प्रतिष्ठानका कर्मचारीले पनि कार्यक्रममा नृत्य एवम् कविता, गजल प्रस्तुत गरे । कर्मचारी लाम्च्युङ लामा तामाङले राष्ट्रिय भावको गीतमा नृत्य गरिन भने कर्मचारी विजय श्रेष्ठले मलाई लाज लाग्छ शिर्षकमा कविता सुनाए । प्राज्ञ परिषद सदस्य धिरेन्द्र प्रेमर्षीले प्रस्तुत गरेको गजलमा सबैले वाहवाही गरे । यस्तै ध्रुव वाग्लेले सुनाएको कविता पनि आकर्षक थियो ।  
कार्यक्रममा सो कर्मचारी संघका सदस्य नेत्रबहादुर भुजेल, नेपाल प्रज्ञा प्रतिष्ठान कर्मचारी संघका अध्यक्ष अशोक चौरसियालगायतले प्रतिष्ठानमा कर्मचारीको दायित्वबारे आफ्नो भनाई राखे । नेपाल प्रज्ञा प्रतिष्ठानको अहिलेको परिषदले आफ्नो कार्यकाल सकेर पनि कानून विपरित कार्यक्रम गरेको चौरसियाले बताए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सभा सदस्य प्रदीप बमजनले प्रतिष्ठानमा कर्मचारीको योगदानबारे प्रकाश पारे भने सदस्य सचिब श्याम प्रकाश तमोटले कर्मचारी र परिषदको समन्वयले मात्र प्रतिष्ठान अघि बढ्ने बताए ।
सो कार्यक्रम आयोजक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघका अध्यक्ष हिलारी बन्धु भुजेलले नाट्य संगीतको विकाशमा कर्मचारीको पनि योगदान रहेको जिकिर गरे । कलाकारहरुलाई प्रोत्साहन गर्न आफुहरुले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको पनि उनले प्रकाश पारे ।
यस्तै सो प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ ९रायन०ले प्रतिष्ठानले गर्नु पर्ने साँस्कृतिक कार्यक्रम कर्मचारीले गरेकोमा सो कार्यको प्रसँसा गरे । प्रतिष्ठानलाई अघि बढाउन र परिषदलाई मार्गदर्शन दिन प्रतिष्ठानका कर्मचारीको पनि त्यत्तिकै ठुलो योगदान रहने उनले बताए ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

टिकटक प्रतिबन्धविरुद्दको रिटमा ४ गते प्रारम्भिक सुनुवाई हुने

काठमाडौं । सरकारले टिकटकमा लगाएका प्रतिबन्ध फुकुवाका लागी भन्दै सर्वोच्व अदालतमा आधा दर्जन रिटपरेपछि अदालतले आगामी ४ गते प्रारम्भिक सुनुवाई गर्ने भएको...

दर्जनौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश

तनहुँ । तनहुँको एक कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टीका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  पार्टी प्रवेश गर्नेहरूमा ने...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies