काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलव ८९ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १५ अङ्कले सुधार भई तीन सय ६३ दशमलव ९७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कूल दुई सय ५१ कम्पनीको २६ लाख ९९ हजार तीन सय ३१ कित्ता शेयर रु ८८ करोड ६० लाख ९८ हजार पाँच सय ६८ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा छ । सो बैंकको शेयर रु छ करोड ९३ लाख ४३ हजार एक सय तीन मूल्यमा कारोबार भयो । फरवार्ड माइक्रोफाइनान्स रु पाँच करोड ४९ लाख ४२ हजार नौ सय ८१, हिमालयन डिस्टिलरी रु चार करोड २७ लाख ९० हजार तीन सय ९४, नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ७६ लाख ६४ हजार आठ सय ५९ र पिपल्स हाइड्रोपावरको रु तीन करोड २८ लाख १८ हजार चार सय ३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त छ दशमलव शून्य आठ, सिवाइसी नेपाल लघुवित्त पाँच दशमलव ९८, नवील ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ९० र रिलायन्स फाइनान्सका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएका छन् ।
त्यस्तै इस्टर्न हाइड्रोपावर सात दशमलव ९७, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो सात दशमलव ७२, फरवार्ड माइक्रोफाइनान्स छ दशमलव ७६, पिपल्स हाइड्रोपावर छ दशमलव शून्य चार र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६४ प्रतिशतले गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ११:३३
सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...
पौष ७ गते, २०८२ - ११:११
काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...
पौष ७ गते, २०८२ - ११:०३
काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्र...
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...




प्रतिकृया लेख्नुहोस्: