Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

आन्तरिक राजस्व लक्ष्यभन्दा न्यून, आयकर र भ्याट असुली बढी प्रभावित

खबरडबली संवाददाता

काठमाडौ । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ प्रतिशत विन्दुले कम हो ।

विभागले मङ्सिर मसान्तसम्ममा रु एक खर्ब ७४ अर्ब ३७ करोड ५४ लाख ७८ हजार बराबर आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर यो अवधिसम्ममा रु एक खर्ब ५० अर्ब ६० करोड १८ लाख ८० हजार बराबर मात्रै उठेको छ । अर्थात् लक्ष्यभन्दा करिब रु २४ अर्ब न्यून राजस्व सङ्कलन भएको हो ।

यो अवधिमा आयकर, मूल्य अभिवृद्धि कर ९भ्याट० र अन्तःशुल्क कुनै पनि शीर्षकको राजस्व असुलीमा लक्ष्य भेटिएको छैन । राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको लक्ष्यमा आयकर ८० दशमलव ६१ प्रतिशत, मूल्य अभिवृद्धि कर ८२ दशमलव ४७ र अन्तःशुल्क ९७ दशमलव ९ प्रतिशत बराबर मात्रै पुगेको छ । 

यो अवधिसम्ममा विभागले रु ५७ अर्ब ६६ करोड ७९ लाख ९१ हजार बराबर आयकर उठाउने लक्ष्य राखेको थियो । तर वास्तविक आयकर असुली भने रु ४६ अर्ब ४८ करोड ४९ लाख २२ हजार बराबर छ ।

त्यस्तै, भ्याट शीर्षकमा रु ५० अर्ब ९७ करोड ७० लाख ८८ हजार आन्तरिक राजस्व उठाउने विभागको लक्ष्य थियो । तर यो अवधिको भ्याट असुली रु ४२ अर्ब तीन करोड ८७ लाख बराबर मात्रै छ । 

पाँच महिना अवधिमा अन्तःशुल्कतर्फ रु ४३ अर्ब ६४ करोड १० लाख राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा रु ४२ अर्ब ४५ करोड ७७ लाख बराबर मात्रै उठेको छ ।

घर बहाल कर असुलीमा पनि सरकारको लक्ष्य पुगेको देखिँदैन । मङ्सिर मसान्तसम्म रु एक अर्ब १५ करोड ५२ लाख ६१ हजार घर बहाल कर उठाउने विभागको लक्ष्य रहेकोमा ७१ दशमलव १४ प्रतिशत अर्थात् रु ८२ करोड १८ लाख ९० हजार बराबर मात्रै उठेको छ ।

स्वास्थ्य सेवा कर र शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ । मङ्सिर मसान्तसम्म रु दुई अर्ब २३ करोड २६ लाख १९ हजार स्वास्थ्य सेवा कर उठाउने विभागको लक्ष्य थियो । तर लक्ष्यको एक सय ४० प्रतिशत अर्थात् रु तीन अर्ब १३ करोड ८८ लाख २८ हजार असुली भएको छ । त्यस्तै, शिक्षा कर रु ६० करोड ५५ लाख ७६ हजार बराबर असुली गर्ने लक्ष्य राखिएकोमा रु ८० करोड ८१ लाख ६६ हजार बराबर उठेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार विश्व परिदृश्य र अर्थतन्त्रमा आन्तरिक समस्याको असर राजस्व असुलीमा देखिएको हो । विभागले सामान्य अवस्थालाई अनुमान गरेर लक्ष्य निर्धारण गरेको तर परिस्थिति असामान्य बनेका कारण लक्ष्य भेटाउन नसकेको निर्देशक राजुप्रसाद प्याकुरेल बताउनुहुन्छ । “अन्तर्राष्ट्रियरूपमा र देशभित्रै देखिएका अर्थतन्त्रका उतार चढावको असर आन्तरिक राजस्व असुलीमा देखिएको हो । सामान्य अवस्थालाई हेरेर लक्ष्य निर्धारण गरिएको हुन्छ । तर यसवर्ष विभिन्न कारणले परिस्थिति असामान्य बन्यो”, निर्देशक प्याकुरेलले भने । 

विभागले हरेक वर्ष अघिल्लो वर्षको भन्दा बढाएर नै राजस्व अनुमान गरेको हुन्छ । यस वर्ष पूँजीबजार र घरजग्गाको कारोबारमा मन्दी देखिएका कारण आयकरमा असर देखिएको उनको भनाइ छ । “गत वर्ष घरजग्गा र सेयरको कारोबार राम्रो थियो । जसकारण पूँजीगत लाभकर बढी उठेको थियो । तर यसवर्ष बजार घटेपछि त्यसको असर पनि सरकारी राजस्व असुलीमा देखियो”, प्याकुरेलले भने ।

गत कात्तिक मसान्तसम्म अन्तःशुल्क असुली लक्ष्यअनुसार नै रहे पनि पछिल्लो समय बियर र मदिराजन्य वस्तुको कारोबार घटेका कारणले त्यसको समेत असर देखिएको विभागको भनाइ छ । त्यस्तै, बैंकको तरलता अभाव, चालु पूँजी कर्जा नपाउनु, वस्तुको आयातमा प्रतिबन्ध, सरकारको पूँजीगत खर्च न्यून हुनु जस्ता कारणले राजस्व कम उठेको विभागको बुझाइ छ । पूँजीगत खर्च कम हुँदा सरकारलाई भुक्तानी गर्नु पर्ने मूल्यअभिवृद्धि कर पनि घटेको विभागले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...

प्रधानमन्त्री बालेनलाई विश्वप्रकाशको आग्रह: मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...

ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending