काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका छन् ।
अहिलेको राजनीतिक कोर्सलाई पुरानै बाटोमा फर्काउन पनि एमालेले त्याग गरेर भएपनि माओवादीलाई प्रधानमन्त्री छोड्नु पर्ने उनको तर्क छ । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा संचारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले अहिलेको गठबन्धन टुटाउन एमालेले आवश्यक परेको त्याग गर्न तयार हुनुपर्ने बताए ।
नेम्वाङले नेपाली काँग्रेस र माओवादीसहितको गठबन्धनलाई अप्राकृतिक र अलोकतान्त्रिकको संज्ञा दिए । दिएका नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउने वातावरण बनाउनका लागि नेकपा एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई स्वीकार गरेर भएपनि अघि बढ्नुपर्ने उनको तर्क थियो । राजनीतिको रथलाई सही बाटोमा ल्याउन अहिलेनै पहल गरिहाल्नुपर्ने बताएका नेम्वाङले गैरराजनीतिक वा प्रधानमन्त्री बनिसकेका व्यक्ति राष्ट्रपति बन्नु गलत हुने बताए । शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल वा डा. बाबुराम भट्टराई राष्ट्रपति बन्ने सक्ने सम्भावनाको कुरा गर्दा नेता नेम्वाङको यो तर्क आएको हो ।
कार्यकारी प्रमुख भएर देश हाँकिसकेको व्यक्ति फेरि संवैधानिक जिम्मावारी पाएको राष्ट्रपति पदमा जान खोज्नु पदलोलुप हुने उनले बताए । सभामुखको हकमा भने जायज हुने उनको भनाई छ । सभामुखले संसदमा तटस्थ भूमिका निर्वाह गरेकाले पनि सभामुख राष्ट्रपति बन्नु अन्यथा नहुने उनले बताएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने, एमालेले राष्ट्रपति लिने र अन्य वाम दललाईसमेत मिलाएर राजनीतिको नयाँ कोर्ष सुरु गर्नुपर्ने उनको निचोड थियो । नेकपा एमालेले चुनाव अघि नै नयाँ प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओलीलाई अघि सारिसकेको भएपनि नयाँ राजनीतिक परिश्थितमा नयाँ निर्णय लिनसक्नुपर्ने उनले बताए ।
संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले यसका लागि आफूले दलका शीर्ष नेताहरुसँग सन्देश पुर्याईसकेको बताए । एमाले–माओवादी एकतामा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बाधक बनिरहेकाे उनले आराेप लगाए । नेता नेपाललाइ बाह्य शक्तिले यी दुइ ठूला कम्युनिषट मिल्न नदिन परिचालन गरेकाे हुन सक्ने नेम्वाङकाे आशंका थियाे । प्रतिनिधि सभामा नेकपा एमालेसँग ७६ सिट छ भने, माओवादीसँग ३२ सिट । संसदमा सरकार बनाउनका लागि २७५ सिटकाे बहुमत १ सय ३८ सिट चाहिन्छ । माओवादी र एमालेसहित केही वाम दल मिल्दा सरकार बनाउन पुग्ने बहुमत बन्ने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: