Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

तातोपानी नाका पूर्णरुपमा खुलाउने पहल भइरहेको छः प्रचण्ड

खबरडबली संवाददाता

सिन्धुपाल्चोक ।पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताएको छन् । 

सिन्धुपाल्चोक क्षेत्र नं १ का निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापनपत्र बुझेपछि उनले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताए । टोलीले आज तातोपानी नाका खुलाउन पहल गरिदिन अध्यक्ष दाहाललाई ज्ञापनपत्रसहित अनुरोध गरेको थियो ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै अध्यक्ष दाहालले तातोपानीका नेपाली व्यवसायी एवं नेपालको व्यापारिक दृष्टिबाट सो नाका महत्वपूर्ण रहेको स्पष्ट पारे।

चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै उनले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए । चिनियाँ राजदूत हाउ यान्छीसँगको बिदाइ भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको अध्यक्ष दाहालको भनाइ थियो । 

भूकम्पपछिको पुनःनिर्माण भइसकेको र ड्राइपोर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरोरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने टोलीलाई विश्वास दिलाए। अध्यक्ष दाहालले नयाँ राजदूत आएपछि दुवैतिर आवतजावत खुला हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभएको सांसद सापकोटाले जानकारी दिए । 

जुरे पहिरो, भूकम्प वा अन्य सन्दर्भमा आफू सिन्धुपाल्चोकका जनातासँग जोडिएको चर्चा गर्दै अध्यक्ष दाहालले सिन्धुपाल्चोकका जनताको समस्यामा आफू अझ बढी संवेदनशील रहेको र समस्या समाधान गर्ने बताए । 

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य सापकोटाले नेपाल–चीनबीचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहजरुपमा सञ्चालन र अरनिको राजमार्गको  स्तरोन्नतिका लागि  अध्यक्षलाई ध्यानाकर्षण गराइएको जानकारी दिए । उहाँसँगै ज्ञापनपत्र बुझाउन बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, अमृता  नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य  सङ्घ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका प्रतिनिधि अध्यक्ष दाहाल निवास खुमलटार पुग्नुभएको थियो ।

निर्वाचनका बेला तातोपानी नाका पूर्णरुपमा दुईतर्फी खुलाउन आफूले उच्च नेतृत्वको ध्यानाकर्षण गराउने बताएका सापकोटाले यसको थालनी गरेको छन् ।

यसैबीच निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका सञ्चालनका लागि आफ्नोतर्फबाट पहल जारी राख्ने बताएको छन्। आज भएको भेटमा प्रतिनिधि तथा प्रदेशसभाका सांसद र व्यापारीसँग उनले नाका खुलाउन आफ्नो पहल जारी रहने विश्वास दिलाएको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy