काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ। निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा.सागर तिमल्सिनासहित झापा पुगेका थिए ।
झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको छ ।
झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र जनकपुर भ्रमणमा निस्कन लागेका हुन् । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए । त्यहाँको सुरक्षा अवस्था र सुरक्षा निकायँग छलफलपछि जनकपुर भ्रमण तय भएको हो । जनकपुरमा उनी होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ ।
स्रोतले भन्यो 'अहिलेसम्म जनकपुरको भ्रमण तय भएको छ । त्यसपछि के के कार्यक्रम तय हुन्छ जानकारी छैन । जनकपुरमा राम जानकी मन्दिर दर्शन गरी विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । त्यहाँ केही भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।'
चार दिनको जनकपुर बसाइपछि पूर्व राजपरिवार पुस १० गते चितवन जाने कार्यक्रम रहेको छ । चितवनमा 'क्रिसमस डे' मनाउने गरी सपरिवार सहभागी हुने कार्यक्रम रहेको छ । चितवनमा पूर्व युवराज्ञी हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाती हृदयन्द्रलगायत आफन्त भेला हुने कार्यक्रम तय भएको छ ।
चितवनपछि उनीहरूको सिमरा भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । सिमरापछि काठमाडौं फर्कने वा फेरि झापामै अंग्रेजी नयाँ वर्ष मनाउने भन्ने विषयमा केही दिनमा निर्णय हुने स्रोतको भनाइ छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: